क्रसर व्यवसायी महासंघको अध्यक्षमा पुनः न्यौपाने

साझाकुरा
२०८१ मंसिर २, आईतवार १२:०३

हेटौंडा- मकवानपुरमा क्रसर व्यवसाय सञ्चालन गर्दै आएका सीताराम न्यौपाने नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः निर्विरोध चयन भएका छन् ।महोत्तरीको बर्दिवासमा आयोजित दशौं र एघारौ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चुनिएको उपाध्यक्ष मीनबहादुर शाहीले जानकारी दिए । २०७७ माघ २० गते बुटवलमा आयोजित महाधिवेशनबाट पनि न्यौपाने नै अध्यक्ष चुनिएका थिए । महासंघको कार्यसमिति २१ सदस्यीय हुने विधानमा व्यवस्था छ ।

बर्दिवास महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा चन्द्रमणि अधिकारी, उपाध्यक्षमा कोशी प्रदेशबाट रोहितबहादुर कार्की, मधेश प्रदेशबाट रामनारायणप्रसाद यादव, बागमती प्रदेशबाट देवराज लुइँटेल, गण्डकी प्रदेशबाट लिलाधर बराल र लुम्बिनी प्रदेशबाट मीनबहादुर शाही चुनिएका छन् । त्यस्तै महासचिवमा देवराज तामाङ चुनिएका छन् । सचिवमा उम्मेदवारी नपरेकाले पदरिक्त राखिएको छ । सहसचिवमा बुद्धिप्रसाद आचार्य, कोषाध्यक्षमा बेचन ठाकुरबरही र सहकोषाध्यक्षमा विनोदराज श्रेष्ठ निर्विरोध चुनिएका छन् ।

सदस्यमा हुमनाथ पौडेल, कुमार गिरी, तिलप्रसाद पाठक, अनोदकुमार देवकोटा, विकासनारायण श्रेष्ठ, राजकुमार रावल, राजु रेग्मी, शशिकुमार यादव र सन्तोष यादव निर्वाचित भएका छन् । पदाधिकारीसहित कार्यसमिति सदस्यको कार्यकाल तीन वर्षको हुन्छ । महासंघको अध्यक्षमा पुनः चुनिएसँगै न्यौपानेले क्रसर व्यवसायका अधिकांश समस्या अघिल्ला तीन वर्षमा सरोकारवाला निकायलाई अवगत गराएको र अगामी तीन वर्ष त्यस्ता समस्या समाधान गर्न थप मिहिनेत गर्ने बताए । बर्दिबासको साधारणसभा तथा महाधिवेशनमा देशभरबाट करिब ७ सय ८० जना प्रतिनिधिको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*