कमलडाँडास्थित कोठामा मृत भेटिए माझी
हेटौंडा- हेटौंडामा आइतबार बिहान एकजना मृतअवस्थामा फेला परेका छन् । हेटौंडा उपमहानगरपालिका–४, कमलडाँडास्थित एक घरमा एकजना मृतअवस्थामा फेला परेको मकवानपुरका प्रहरी नायवउपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।प्रहरी नायवउपरीक्षक अर्यालका अनुसार, मृतअवथामा फेला पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती–११ नम्बर वडाका स्थायी बासिन्दा भई हाल हेटौंडा–४ कमलडाँडामा डेरा गरी बस्दै आएका अन्दाजी वर्ष २९ को भगवती भनिने ईन्द्रबहादुर माझी (तेस्रो लि·ी) रहेका छन् । घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रक्रिया अगाडि बढाएको छ ।







