प्याव्सन थाहाको अध्यक्षमा पुनः सुरेन्द्रमान
हेटौंडा- निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याव्सन) थाहानगर समितिको तेस्रो अधिवेशनले सुरेन्द्रमान प्रधानलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।होटल फेमिलीमा भएको अधिवेशनले प्रधानको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सजिनभक्त श्रेष्ठ, सचिव संगम कार्की र कोषाध्यक्षमा श्यामकृष्ण जोशी चयन भएका छन् ।
समितिको सदस्यहरुमा मनोज रायमाझी, सुदर्शन कार्की र सुशील ओस्ती चयन भए । समितिको सल्लाहकारद्वयमा रामकृष्ण बस्नेत र रामशरण थापा चयन भएका छन् । समितिको कार्यअवधी ३ वर्षको रहनेछ ।
अधिवेशनमा प्रमुख अतिथि प्याव्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदीले थाहानगरमा प्याव्सनले सकारात्मक प्रभाव पारेको बताउँदै अबको कार्यकाल शिक्षक र संस्थापकको क्षमता अभिवृद्धिमा ध्यान दिन सुझाव दिए । कार्यक्रममा प्याव्सन मकवानपुरका वरिष्ठ उपाध्यक्ष राजकुमार नहर्की, प्याव्सन थाहानगरका पदाधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।