चार महिनामा १४ हजार बढीले लिए आयुर्वेदिक उपचार सेवा

साझाकुरा
२०८१ मंसिर १५, शनिबार १३:१०

हेटौंडा-आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको चार महिनामा १४ हजार २६४ जनाले सेवा लिएका छन् ।आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपुरका आयुर्वेद चिकित्सक डा.ललिता पाण्डेका अनुसार ६ हजार हजार ५०९ जनाले बहिर· सेवा, एक हजार ७८० जनाले पञ्चकर्म र पूर्वकर्म सेवा, नागरिक आरोग्य सेवा एकहजार ७३८ जना र प्रयोगशाला सेवा एकहजार ९०० जनाले लिएका छन् ।

त्यस्तै ३२७ जनाले योग सेवा, ३९८ जनाले जेष्ठनागरिक सेवा, ३४ जनाले स्तनपायी सेवा, ७६२ जनाले अकुपञ्चर सेवा र ८१६ जनाले फिजियो थेपारी सेवा लिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपुरका तथ्यांक फोकलपर्सन प्रेमशंकर प्रसादले जानकारी दिए ।आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपु प्रमुख डा.पाण्डेका अनुसार विगतभन्दा दिनप्रतिदिन आयुर्वेदप्रति सेवाग्राहीको आकर्षण बढ्दै गएको छ । आयुर्वेदिक औषधिले अन्यभन्दा स्वास्थ्यमा कम असर गर्ने विश्वाससँगै यसतर्फ आकर्षण बढ्दै गएको हो ।

विशेषगरी ग्यास्ट्रिक, हाडजोर्नी तथा नसाको दुःखाइ, पायल्स, रुघाखोकी, ज्वरोलगायतका स्वास्थ्य समस्या लिएर बिरामी आउने गरेको पाण्डेको भनाइ छ । केन्द्रमार्फत् नेपाल सरकारले निर्धारण गरेको २३ थरीका औषधि निःशुल्क वितरण गरिएको छ ।मकवानपुरमा हाल छ वटा नागरिक आरोग्य सेवाकेन्द्र र तीनवटा आयुर्वेद औषधालयमार्फत् सेवा प्रदान गरिँदै आएको छ । मकवानपुरको मनहरी, राक्सिराङ, कैलाश, बागमती र इन्द्रसरोवर गाउँपालिका तथा थाहा नगरपालिकामा नागरिक आरोग्य सेवाकेन्द्र सञ्चालनमा छ ।

त्यस्तै, हेटौंडा उपमहा नगरपालिका वडा नं. १५ चुरियामाई, हेटौंडा–१७ मा हटिया र राक्सिराङको काँकडामा आयुर्वेध औषधालयमार्फत् सेवाग्राहीलाई सेवाप्रदान गर्दै आइरहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र हेटौंडाका कविराज निरीक्षक विनोदकुमार साहले जानकारी दिए । यो क्षेत्रमा वाथ, छालासम्बन्धी समस्या धेरैमा हुनेगरेको उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*