पालुङ जेसीज सप्ताह समापन, १० जनालाई सम्मान
हेटौंडा-थाहा नगरपालिकामा क्रियाशील पालुङ जेसीजको सप्ताहव्यापी कार्यक्रमको समापन भएको छ । नेपाल सरकारका प्रमुखसचेतक तथा मकवानपुर–२ का संसद महेशकुमार बर्तौलाको प्रमुख आतिथ्यमा समापन भएको हो ।कार्यक्रममा प्रमुखअतिथि बर्तौलाले पालुङ जेसीजले सामाजिक नेतृत्व विकासको काममा ठूलो योदान पु¥याएको बताएका छन् । उनले जेसीज सबैको साझा सामाजिक ‘प्लेटफार्म’ भएकोले सामाजिक सशक्तीकरणको माध्यमका रुपमा अघि बढाउनुपर्ने धारणा राखे । युवाको साझा संस्था जेसीजका लागि आफू जहिल्यै सहयोग र सहकार्य गर्न तत्पर रहेको सांसद बर्तौलाको भनाई थियो ।
कार्यक्रममा जेसीज सप्ताह मूलकार्यक्रम संयोजक मानसिंह दोङले स्वागत गर्दै सप्ताहव्यापी कार्यक्रमको प्रगति विवरण सुनाए । नेपाल जेसीजका उपाध्यक्ष राजाराम गौतम, जेसज पूर्वअध्यक्ष सुरेन्द्रमान प्रधान, राजनीतिक दलका तर्फबाट नेकपा (माओवादी केन्द्र) थाहानगर सचिव लक्ष्मण विष्ट, पालुङ जेसीजका संस्थापक अध्यक्ष पुरुषोत्तम ढकाल, मकवानपुरगढी जेसीज अध्यक्ष विजय पुडासैनी, हेटौंडा जेसीज अध्यक्ष विकेशलाल श्रेष्ठलगायतले शुभकामना व्यक्त गरेका थिए ।
सप्ताहव्यापी कार्यक्रमका सहभागी तथा विजयीलाई प्रमुखअतिथि बर्तौला र अतिथिहरुले संयुक्तरुपमा पुरस्कार वितरण गरेका थिए । पालुङ जेसीज वर्ष २०२४ का अध्यक्ष निरज रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा थाहानगरमा रहेर विभिन्नक्षेत्रमा योगदान दिएका व्यक्तिलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा स्वास्थ्यतर्फ थाहा–३ की मधुमाया तामाङ, थाहा–१ की सुनमाया गोपाली छन् । तामाङ वि.सं. २०५२ र गोपाली वि.सं. २०४६ सालदेखि निरन्तर सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा सेवारत छन् ।
कृषितर्फ थाहा–३ गोपालीगाउँका विकेश गोपाली र थाहा–६ का तेजबहादुर उप्रेती सम्मानित भएका छन् । शिक्षातर्फ थाहा–१ का कृष्णमान श्रेष्ठ छन् । श्रेष्ठ वि.सं. २०६२ सालदेखि २०८१ मंसिर १४ गतेसम्म सेवारत थिए । उनी पालुङ जेसीज वर्ष २००७ को अध्यक्ष पनि हुन् । त्यसैगरी पर्यटनतर्फ थाहा–४ दामनस्थित गौरीशंकर होटलका सञ्चालक शिवकुमार खत्री र थाहा–९ चित्लाङस्थित नेपालकै पहिलो बाख्राको चिज उत्पादक अशोकसिं ठकुरी सम्मानित भएका छन् ।खेलकुदतर्फ दक्षिण एसियन खुल्ला अन्तराष्ट्रिय कराँते प्रतियोगितामा स्वर्णपदक विजेता सुस्मिता दोङ, आशा तामाङ र प्रमिला थोकरलाई सम्मान गरिएको छ ।
कार्यक्रममा पालुङ जेसीजका पूर्वअध्यक्ष, सिमरा जेसीजका अध्यक्ष लक्की रिमाल, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर विष्ट, पालुङ प्राथमिक स्वासथ्य केन्द्रका डाक्टर पवन कार्की, च्वाइस नेपालका कुलप्रसाद तिवारी, थाहा स्काउट संयोजक गणेशमान श्रेष्ठ, फरकसोच संयोजक यादवजंग रायमाझी, पालुङ क्याम्पस प्रमुख राजन मिश्र, थाहा नगरपालिका–७ का वडाध्यक्ष शिवराज थिङ, तथा स्थानीय संघसंस्था र राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहेको थियो ।







