तामाङ पत्रकार संघ बागमती प्रदेशको अधिवेशन
हेटौंडा- तामाङ पत्रकार संघ बागमती प्रदेश समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन भएको हो ।नगरप्रमुख लामाले पछाडि पारिएका समुदायलाई हकअधिकार प्रदान गर्दै अगाडि बढ्ने स्थानीय सरकारको उद्देश्य रहेको बताइन् । नगरप्रमुख लामाले स्थानीय पाठ्यक्रममा तामाङ समुदायको भाषा समावेश गराउन पहल गर्ने प्रतिबद्धता जनाइन् । तामाङ समुदायको संस्कृति परम्परालाई संरक्षण गर्न तामाङ संग्रहालय निर्माण गरिएको बताउँदै उनले यसको व्यवस्थापन गर्न उपमहानगर प्रतिबद्ध रहेको बताइन् ।
रेडियो नेपालका कार्यकारीनिर्देशक अमरध्वज लामा बल र उत्कृष्ट कार्य गरेबापत चितवन जिल्लालाई सम्मान गरिएको थियो । अधिवेशनको बन्दसत्रले चितवनका ज्ञानेन्द्र तामाङलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको छ । उपाध्यक्षमा जगतमान तामाङ, सचिवमा दिलबहादुर तामाङ, सह–सचिवमा मायालु लामा र कोषाध्यक्षमा पेमा लामादोङ चयन भएका छन् । सदस्यहरुमा श्यामलाल लामा, फुर्वा तामाङ, नवराज वाइबा, बबिलाल तामाङ, विकास वाईबा सर्वसम्मत चयन भएका छन् ।







