जनकल्याण सहकारीको साधारणसभा

साझाकुरा
२०८१ मंसिर २३, आईतवार ११:५९

हेटौंडा- हेटौंडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २८ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।हेटौंडा–६ का वडाअध्यक्ष विष्णुबहादुर दाहालको प्रमुखआतिथ्यता एवम् सहकारीका अध्यक्ष हिमाल पौडेलको सभाध्यक्षतामा साधारणसभा भएको हो । साधारणसभामा संस्थाका अध्यक्ष पौडेलले संस्थागत प्रतिवेदन, उपाध्यक्ष श्यामप्रसाद भट्टराईले ऋण उपसिमिको प्रतिवेदन, कोषाध्यक्ष चेतनाथ खतिवडाले आर्थिक प्रतिवेदन, लेखा संयोजक दिपनराज आचार्यले लेखा समितिको प्रतिवेदन र सञ्चालक सदस्य रेखा मैनालीले महिला उपसमितिको प्रतिवेदन पेश गरेका थिए ।

साधारणसभामा विभिन्न विधाका उत्कृष्ट सदस्यलाई सम्मान र पुरस्कृत गरिएको थियो । संस्थापक शेयरसदस्य जीवकुमारी द·ाल, बद्रीबहादुर पाठक, भुपेन्द्रकुमार गौतम र बासुदेव अधिकारी, सञ्चारकर्मी भावना रिजाललाई सम्मानित गरिएको हो । ज्येष्ठसदस्य सीतादेवी चौंलागाई र चेतनाथ गौतम, मासिक बचतकर्ता भवानी अधिकारी र रामबहादुर राई, असली कारोवारी रिता कँडेल र रमेशकुमार बानियाँ, उद्यमी गोपाल दाहाल र जमुनादेवी पराजुली र सदस्यतावृद्धिमा सहयोग गर्ने मधुकुमार द·ाललाई पुरस्कृत गरिएको थियो ।

बालबचतकर्ता अदिति ओझा, आयान्स सापकोटा, उत्कृष्ट विद्यार्थी पूर्वजा न्यौपाने, समर्पण न्यौपाने, विशेषता तिमल्सिना, प्रमिस थापा र प्रिति अधिकारी, आयुषा गौतम, शारिका शाह, प्रनिस श्रेष्ठ र शशांक वाग्लेलाई सम्मानित गरिएको थियो । कार्यक्रममा डाक्टर अस्मिता ओली पाठक, रैशा मैनाली र प्रमिशा पौडेललाई समेत सम्मानित गरिएको थियो । करिव ३ हजार शेयर सदस्य रहेको सहकारीको शेयरपूँजी २ करोड ६० लाख, निक्षेप २४ करोड ६७ लाख र कर्जा लगानी २० करोड ११ लाख रहेको ब्यवस्थापक दीपेन्द्र गौतमले बताए ।

साधारणसभामा हेटौंडा–६ का वडासदस्य विजय पौडेल, संंस्थापक अध्यक्ष बासुदेव अधिकारी, निवर्तमान अध्यक्ष रघुप्रसाद आचार्य, राष्ट्र बैंकका उपनिर्देशक रमेश चौलागाई, राष्ट्रिय सहकारी बैंक हेटौडा शाखाप्रमुख रामेश्वर अर्याल, मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ सचिव बीरेन्द्र ढुंगाना, हेटौंडा सहकारीका अध्यक्ष ईन्द्रबहादुर बस्नेत, साईराम सहकारीका अध्यक्ष राजेन्द्रप्रसाद पौडेल, कामधेनु बहुउद्देश्यीय सहकारीका अध्यक्ष उदय विडारी, बंशगोपाल दुग्ध सहकारी उपाध्यक्ष केशव धिताल, संस्थासचिव रोमबहादुर न्यौपानेलगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*