३६ मेलमिलापकर्तालाई आधारभूत तालिम

साझाकुरा
२०८१ मंसिर २३, आईतवार १२:०२

हेटौंडा- थाहा नगरपालिकाको न्यायिक समितिले पालिकामा सूचीकृत मेलमिलापकर्ताका लागि ४८ घण्टे आधारभूत तालिम भएको छ ।चितवनको सौराहामा १४ मंसिरबाट सुरु भएको तालिम समापन गरिएको छ । मेलमिलापसम्बन्धी तालिम लिएपछि गाउँटोलमा भएका विवादलाई समाधान गर्न सक्षम भएको महशुस गरेको थाहा नगरपालिका–८ का गौतमबुद्द लामाले बताए । सामाज भएका विवादमा पहिला परम्परागत र दबाबमूलक थियो भने तालिम लिएपश्चात दुबैपक्षको मनसाय बुझेरमात्र निर्णय गर्नुपर्ने भन्ने सिकाइ भएको थाहा–४ को श्रीकृष्ण केसीको भनाइ छ ।

तालिम समापनमा थाहानगरप्रमुख बिष्णु बिष्टले टोलटोलमा गएर कानूनी सचेतना फैलाउन मेलमिलापकर्तालाई आग्रह गरे । उनले समाजमा हुने गरेको मनमुटाव, खिचातानी, वादविवादका कारण सभ्य समाज निर्माणमा समस्या श्रृजना हुने गरेको हुँदा सभ्य समाजको निर्माण, भाइचराको सम्बन्ध कायम गर्नका लागि पनि मेलमिलापको अवधारणा सकारात्मक रहेको बताए ।

थाहा नगरपालिका उपप्रमुख तथा न्यायिक समिति संयोजक भरत गोपालीले नगरपालिकामा आएका अधिकांश विवाद समाधान गरी पठाएको बताए । उनले दर्ता भएका तथा नभएका लिखित तथा मौखिक दर्जनौ विवादको समाधान गरिएको र आफ्नो क्षेत्राधिकार बाहिर रहेका विवादलाई न्यायिक लडाईका लागि अदालतसम्म पठाएको गोपालीको भनाइ थियो ।

तालिममा थाहा नगरपालिकाको १२ वटै वडाका ३६ जनाको सहभागिता रहेको थियो । तालिममा मेलमिलापमा आवश्यक सीप, सहजीकरण सीप, कानुनी तथा न्यायिक पक्ष, मानवअधिकार, विवाद समाधानका तरिका, स्थानीय तहमा न्यायिक अधिकारको प्रयोग, मेलमिलापसम्बन्धी ऐन र नियामावली, मेलमिलापकर्ताको भूमिका र दायित्व, मेलमिलापमा प्रसंशनीय दृष्टिकोणको परिचय, बहुसरोकार रहेको विवाद मेलमिलापलगायत विषयमा जानकारी गराइएको थियो । सहभागीलाई बन्धुराज पौडेल र कविता अधिकारीले सहजिकरण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*