लैंगिकहिंसाविरुद्ध १६ दिने अभियान अन्तर्गत् एक दिवसीय अन्तरक्रिया
हेटौंडा-लैंगिकहिंसाविरुद्ध १६ दिने अभियान अन्तर्गत् सरोकारवालाबीच एक दिवसीय अन्तत्र्रिmया भएको छ । लैंगिकहिंसा न्यूनीकरणका लागि हेटौंडामा ‘हामी सबैकोप्रतिवद्धता–लैंगिकहिंसा अन्त्यका लागि ऐक्यवद्धता’ भन्ने मुलनारासाथ ३३ औ अन्तर्राष्ट्रिय लैंगिकहिंसाविरुद्ध १६ दिने अभियान नोभेम्बर २५ देखि सुरु भएको हो आइतबार जिल्ला समन्वय समिति मकवानपुरको सभाहलमा लैंगिकहिंसाविरुद्ध १६ दिने अभियान अन्तर्गत् सरोकारवालाबीच एक दिवसीय अन्तत्र्रिmया भएको छ । जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित घलानको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीको प्रमुख आतिथ्यता थियो ।
कार्यक्रममा मन्त्री खड्कीले जबसम्म महिलालाई अगाडि बढाउन सकिन्न, तबसम्म महिलाहिंसा न्यून गर्न नसकिने बताइन् ।‘महिला पनि यो देशका आधा अ· हुन् भनेर बुझ्नु जरुरी छ,’ मन्त्री खड्गीले भनिन् । महिलालाई घरपरिवारकै सदस्यबाट हिंसा हुने भएकाले महिलाहरु आफैंले आवाज उठाउनु आवश्यक रहेको उनले बताइन् । महिलाहिंसा एक चेतनामूलक अभियान स्कुल, कलेज, सार्वजनिक बसलगायत विभिन्न स्थानबाट सुरु गर्नुपर्ने उनले बताइन् । महिलाहिंसा न्यून गर्न सर्वप्रथम सामाजिक संघसंस्था जोडिनु अतिआवश्यक पाटो भएको जिल्ला समन्वय समिति मकवानपुर प्रमुख घलानले बताए ।
हाल मकवानपुरमा सामाजिक संघसंस्था क्रियाशील र प्रभावकारी भएको घलानले बताए । समाजमा जनचेतना फैलाउने, महिलालाई जागरुक बनाउन सामाजिक संघसंस्थाको निकै महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो । यसतर्फ वागमती प्रदेश सरकारको ध्यान जानु जरुरी रहेको प्रमुख घलानले बताए ।हाल बागमती प्रदेश सरकारले दिएको बजेटबाट जिल्ला समन्वय समिति मकवानपुरले पनि विभिन्न सामाजिक कार्यहरु गर्दै आएको उनले जानकारी दिए । ‘हामीले राक्सिराङ गाउँपालिकामा बालविवाह रोकथामलगायतका कार्यहरु गरिरहेका छौं,’ प्रमुख घलानले भने । कार्यक्रममा गैसस महासंघ मकवानपुर अध्यक्ष रमिला सापकोटा, जिल्ला प्रहरी कार्यालय मकवानपुरका नायवउपरीक्षक श्यामु अर्याल, ओसीएमसी मकवानपुर प्रमुखलगायतको उपस्थिति थियो ।