मकवानपुरको विभिन्न स्थानमा लडेर दुइ जनाको मृत्यु
हेटौंडा- मकवानपुरको विभिन्न स्थानमा लडेर दुईजनाको मृत्यु भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ छुरिगाउँ बस्ने चन्द्रबहादुर डिम्डुङको श्रीमती वर्ष ५० वर्षकी शर्मिला डिम्डुङ डाँडाबाट लगेर मृत्यु भएको हो ।कुलेखानी जान्छु भनी घरबाट गएकोमा बेलुकासम्म घर फिर्ता नभएपछी उनको आफन्तले खोजतलाश गर्दै जाने क्रममा इन्द्रसरोवर गाउँपालिका–४ पौवास्थित डाडाँबाट लडेर ५० फिट तल खसेर पौवाखोलामा मृतअवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायवउपरीक्षक श्यामु अर्यालले बताए ।
यसैगरी, हेटौंडा उपमहानगरपालिका–१२ पदमपोखरी बस्ने ५५ वर्षीय विजय थिङ होटलमा साथीहरुसँग गफ गर्दागर्दै आफैं अचानक सोही होटलको भुईमा लडी घाईते भई उपचारको लागि चुरेहिल अस्पताल हेटौंडा ल्याएकोमा उपचारको क्रममा डाक्टरले मृतघोषणा गरेका थिए ।