बस्तीपुर जेसीज हाँडीखोलाको सप्ताहको समापन
हेटौंडा-बस्तीपुर जेसीज हाँडीखोलाले जेसीज सप्ताह–२०२४ सम्पन्न गरेको छ । मंसिर २० गतेबाट ३ दिनसम्म ११ वटा विभिन्न कार्यक्रम गरी जेसीज सप्ताह मनाइएको हो ।जेसीज सप्ताहअन्तर्गत पहिलो दिन मनहरी–१ मा स्वर्गीय हरिबहादुर गोले स्मृतिमा बालजीवनज्योति माविमा कक्षा १२ का लागि पुस्तक हस्तान्तरण गरिएको थियो । त्यसैगरी मनहरी–२ मा स्वर्गीय जानुकादेवी बर्तौलाको स्मृतिमा सीता माविमा स्टेसनरी सामान हस्तान्तरण गरिएको थियो । तेस्रो कार्यक्रम मनहरी–३ मा रहेको महेन्द्रज्योति माविमा स्वर्गीय रामकृष्ण सिटौला र शुभद्रा सिटौलाको स्मृतिमा खेलकुद सामग्री हस्तान्तरण गरिएको थियो भने सोही दिन स्वर्गीय उदयसिंह पाठकको स्मृतिमा मनहरी–४ मा चेपाङ प्राथमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा बितरण गरिएको थियो ।
जेसीज सप्ताहअन्तर्गत महनरी–९ मा ट्राफिक सचेतना तथा स्टिकर टाँस, मनहरी–५ मा मदनआश्रीत प्राथमिक विद्यालयलाई प्राथमिक स्वास्थ्यसामग्री बितरण, मनहरी–८ मा प्राथमिक विद्यालय देउकोटमा विद्यालयलाई रंङ हस्तान्तरण, मनहरी–६ प्राथमिक विद्यालयलाई सरसफाइ सामग्री प्रदान, हेटौंडा–३ र १९ मा जेब्राक्रसिङमा रङ लगाएर, मनहरी–७ मा रहेको कवडहलमा बस्तिपुर जेसीज हाँडीखोलाका सस्थापक अध्यक्षको स्मृतिमा ब्याटमिन्टन प्रतियोगिता आयोजना गरेको थियो ।
बस्तीपुर जेसीज हाँडीखोला वर्ष २०२४ अध्यक्ष अमृत पाठकको सभाध्यक्षमा भएको कार्यक्रमको प्रमुखअतिथि मनहरी गाउँपालिका प्रमुख रञ्जन कालाखेती रहेका थिए भने विशिष्टअतिथि मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर रहेकी थिइन् । कार्यक्रम संयोजक आरती पाठक, सहमुल कार्यक्रम संयोजक सोवित वाइबा, मुलकार्यक्रम संयोजक सन्जोग उप्रेती, मनहरीका स्रोतशिक्षक विदुरविक्रम थापाको उपस्थिति रहेको थियो । हेटौंडा जेसीजका वर्ष २०२४ अध्यक्ष सिनेटर बिकेशलाल श्रेष्ठ, हेटौंडा लेडिजका अध्यक्ष, बीरगंज जेसीजका अध्यक्ष, बस्तिपुर जेसीज हाँडीखोलाका पूर्वअध्यक्ष सिनेटर तेजप्रसाद उप्रेती, राजेश भेट्वाल, राममणि बर्तौलालगायत बोर्ड सल्लाहकारको सहभागिता रहेको थियो ।