अमूल्य कृषि सहकारीको साधारणसभा

साझाकुरा
२०८१ मंसिर २४, सोमबार ११:४२

हेटौंडा, २३ मंसिर÷ अमूल्य कृषि सहकारी संस्था लिमिटेड भीमफेदी गाउँपालिका वडा नं. ७ कोगटेको १३ औं वार्षिक साधारणसभा शनिबार कोगटेमा सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष लालबहादुर श्रेष्ठको सभाध्यक्षतामा भएको भेलाका प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य लक्ष्मीदेवी श्रेष्ठले नेपाल कृषि प्रधान देश भएकोले सहकारीको माध्यमबाट कृषिलाई अगाडि बढाउन जोड दिए । ‘अब सहकारीको माध्यमबाट कृषिलाई व्यवसायिक बनाउन अपरिहार्य भइसकेको छ’, सांसद् श्रेष्ठले अन्य सहकारीको तुलनामा कृषि सहकारीले उन्नति गर्न सक्ने सम्भावना प्रचुर रहेको बताए ।

संस्थाले गत आवमा चार करोड १२ लाख बराबरको कारोबार गरेको कोषाध्यक्ष जुनेली मगरद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । कार्यक्रममा सचिव लक्ष्मण सुवेदी र अध्यक्ष श्रेष्ठद्वारा प्रतिवेदन प्रस्तुत गरिएको थियो ।संस्थाले दूग्ध डेरी, तरकारी खेती, गाईभैंसी पालन, बाख्रापालनलगायत कार्य गर्दै आएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । आगामी दिनमा उपभोक्ता पसल सञ्चालन गर्ने तयारी भइरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।भीमफेदी गाउँपालिका वडा नं. ७ को वडा अध्यक्ष मित्रबन्धु सिंजाली, दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष डा. गणेश बल लामा र राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रतिनिधि अभिमन्यू दाहालको विशिष्ट आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*