एम्नेष्टीको ¥याली, दीपप्रज्वलन र कोणसभा

साझाकुरा
२०८१ मंसिर २७, बिहीबार १२:२५

हेटौंडा-अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर एम्नेष्टी ईन्टरनेसनल नेपाल समूह ६७ हेटौंडा र एम्नेष्टी ईन्टरनेसनल फरेष्ट्री युथ नेटवर्कको आयोजनामा मानवअधिकार ¥याली, दीपप्रज्वलन र कोणसभा भएको छ । कार्यक्रममा एम्नेष्टी ईन्टरनेसनल समूह ६७ हेटौंडाका पूर्वस्वयम्सेवकहरु बिजेन्द्र अग्रवाल, बिजयकुमार बैद्य, हेमन्त ढुँगेलले अन्तराष्ट्रि मानवअधिकार घोषणापत्र १९४८ तथा मानवअधिकार उल्लंघनका राष्ट्रिय अन्तर्राष्ट्रिय घटनको चर्चा गरेका थिए ।

एम्नेष्टी ईन्टरनेसनल समूह ६७ हेटौंडाका कोषाध्यक्ष पूर्णप्रसाद अर्यालको सभाध्यक्षतामा भएको कार्यक्रमा एम्नेष्टी ईन्टरनेसनल फरेष्ट्री युथ नेटवर्कका संयोजक साधना पौडेलले मानवअधिकार नै हरेक ब्यक्तिको नैसर्गिक अधिकार भएकोले सबैले मानवअधिकारको रक्षाका लागि सम्बेदनशील बन्नुपर्ने बताइन् ।

मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मरण गर्दै १० डिसेम्बरका दिन संसारभर विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाउने गरिन्छ । हरेकवर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर यो दिवस मनाउने क्रममा मानवअधिकार उल्लंघनका घटना बढी भएको देशलाई सहयोग गर्ने प्रतिबद्धता जनाउने गरिन्छ । यसवर्षको अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको नारा ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*