मनहरीबाट गाँजासहित दम्पती पक्राउ
हेटौंडा- मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । सोमबार दिउँसो ३ बजेतिर इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीटोलीले मकवानपुरको मनहरी–७, मनहरी बजारबाट ९ किलो ८५० ग्राम लागूऔषध गाँजासहित एक दम्पतीलाई पक्राउ गरेको हो ।
गाँजासहित दम्पती पक्राउ पर्नेमा कैलाश गाउँपालिका–४, झ्याङेका ५२ वर्षीय प्रतापसिं मोक्तान र उनकी पत्नी ५० वर्षीया राममाया मोक्तान छन् । मकवानपुर जिल्ला अदालतबाट ८ दिनको म्याद थप अनुमति लिई दुबैजनालाई हिरासतमा राखी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।







