करेन्ट लागेर एक युवक गम्भीर घाइते

साझाकुरा
२०८१ मंसिर २८, शुक्रबार १०:५९

हेटौंडा- मकवानपुरको बकैयामा करेन्ट लागेर एक व्यक्ति गम्भीर घाइते भएका छन् । बुधबार अपरान्ह मकवानपुरको बकैया ६ टिकुलेमा स्थानीय २८ वर्षीय मनोज भोलन करेन्ट लागेर गम्भीर घाइते भएका हुन् ।भोलनलाई घरनजिकै रहेको ट्रान्सफर फ्युज जोड्न विद्युत प्रवाह भइरहेको पोलमा चढेर फ्युज जोड्ने क्रममा करेन्ट लागेको र गम्भीर घाइते भएको मकवानपुर प्रहरीप्रवक्ता प्रहरी नायवउपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।गम्भीर घाइते उनको निजगढस्थित सिटी अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि वीरगञ्जस्थित बयोधा अस्पताल लगिएको र अवस्था गम्भीर रहेको जनाइएको छ । भोलन विद्युत प्राधिकरणको कर्मचारी नरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*