हेटौंडामा भिन्तुला ¥यालीको स्वागत

साझाकुरा
२०८१ मंसिर २९, शनिबार ०९:४५

हेटौंडा-नेपाल सम्वत् ११४५ को अवसरमा काठमाडौँबाट भिन्तुला ¥याली हेटौंडा आइपुगेको छ । शुक्रबार हेटौंडा आइपुगेको ¥यालीलाई नेवा सांस्कृतिक पुचःले भव्य स्वागत गरेको थियो ।हेटौंडा उपमहानगरपालिका–२, स्थितसंगमचोकमा मञ्च बनाई स्वागत गरेको हो । भिन्तुनालाई सव्य र भव्य रुपमा मनाउन नेवा सांस्कृतिक पुचः का महासचिव नारायण राजथलाले बताउनुभयो । संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाले वि.सं. ९३७ (इ. सं. ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गराएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*