मनकामना वनको भेला, ३ दर्जन बढी विद्यार्थीलाई सम्मान
हेटौंडा- मनकामना सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणभेला सम्पन्न भएको छ । शनिवार मकवानपुरगढी–४, कुसुमटारस्थित मनकामना माध्यमिक विद्यालयको प्रांगणमा समूहको २३ औं वार्षिक साधारण भेला सम्पन्न भएको हो ।समूहको भेलाले साधारण सदस्यका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण तथा सम्मान गरेको छ । ज्वालादेवी आधारभूत विद्यालयका ५ जना, प्रतिभा आधारभूत विद्यालयका ५ जना र मनकामना माविका २० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो । जसमा, ज्वालादेवी आविका युनिका मोक्तान, युनिषा मोक्तान, पुनम मोक्तान, अभिषेक बल र स्मृति मुक्तानले शैक्षिक सामग्री पाएका हुन् । यस्तै, भेलाले प्रतिभा आविका आकृति स्याङ्तान, युनिक विक, प्रवीन योन्जन, रेश्मा मोक्तान र स्वीकृति मोक्तानलाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।
भेलाबाट मनकामना माविका शैक्षिक सामग्री पाउनेमा जनिता पुडासैनी, अमर स्याङतान, आर्यान स्याङतान, विशाल लोप्चन, बसन्ती सिन्तान, अनिता स्याङतान, सन्जय लोप्चन, रितु सन्तान, पूर्णिमा स्याङ्तान, अंकित घलान, अनिशा घलान, निरुता स्याङतान, रेसु थिङ, मनिष घलान, मनिषा मोक्तान, रितु थिङ, रोशन घलान, राजकुमार थिङ, रमित लोप्चन र लक्ष्मण लोप्चन लगायत विद्यार्थी रहेका छन् ।यस्तै, भेलाले समूहका साधारणसदस्यका एसईईमा उत्तीर्ण विद्यार्थीलाई प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरेको थियो । जसमा एसईईमा उत्तीर्ण युकेश लामा, अस्मिता वाईबा, सुस्मिता सुवेदी, निशा मुक्तान, जेनिशा सापकोटा, सलिना हुमागाईं र सुदीक्षा हुमागाई गरी ८ जना विद्यार्थीलाई नगद सहित सम्मान गरिएको हो ।
मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यता रहेको भेला कार्यक्रममा मकवानपुरगढी ४ नम्बर वडाअध्यक्ष अर्जुन प्रसाद तिमल्सिना, सव डिभिजन वन कार्यालय मकवानपुरगढी वनअधिकृत निश्चल घिमिरे, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरगढी अध्यक्ष बलराम अधिकारी, सव डिभिजन वन कार्यालय मकवानपुरगढी फरेष्टर देवेन्द्र सञ्जेल, पूर्ववडाअध्यक्ष रामप्रसाद तिमल्सिना, सामुदायिक वनका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक, संस्थाका सल्लाहकार तथा साधारण सदस्यको उपस्थिति थियो । भेला कार्यक्रम समूहका अध्यक्ष सर्कलाल लोको सभाध्यक्षतामा सम्पन्न भएको हो ।







