राप्ती खोलामा ब्लोनको शव फेला

साझाकुरा
२०८१ पुष १, सोमबार १२:१२

हेटौंडा- हेटौंडा उपमहानगरपालिका वडा नं. १, जरुवाटोलको राप्ती खोलामा शनिबार एक पुरुष व्यक्तिको मृतअवस्थामा फेला परेका छन् ।हेटौंडा उपमहानगरपालिका वडा नं. १, लालझाडी बसोबास गर्ने ३५ वर्षीय राजकुमार ब्लोनको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । मृतकको काकाको छोरा उत्तम ब्लोनले उनलाई पहिचान गरेका हुन् । मृतक राजकुमार मानसिक सन्तुलनमा केही समस्या रहेको परिवारले जनाएको छ ।

प्रहरीका अनुसार उनको शव ढुंगामा अड्किएको र घोप्टो अवस्थामा रहेको थियो । शव भेटिएको खबर प्राप्त भएलगत्तै थप अनुसन्धान र मुचुल्का प्रक्रिया अघि बढाइएको छ । शवको मुचुल्का प्रक्रिया पूरा गरी पोष्टमार्टमको लागि हेटौंडा अस्पताल पठाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*