बकैयामा ट्रक पल्टिँदा दुईजना घाइते
हेटौंडा- मकवानपुरको बकैया गाउँपालिकामा ट्रक दुर्घटनामा दुइ जना घाइते भएका छन् । बकैया गाउँपालिका–५ तीनतल्लेस्थित मदन भण्डारी लोकमार्गमा ट्रक दुर्घटना हुँदा दुइजना घाइते भएका हुन् ।हेटौंडाबाट फापरबारीतर्फ सिमेन्ट लोड लिई जाँदै गरेको ना ५ ख ४६५६ नम्बरको ट्रक सडकको बायाँ साईडमा पल्टी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायवउपरीक्षक श्यामु अर्यालले बताए ।
ट्रकमा अचानक ब्रेक फेल भई दुर्घटना भएको हो ।दुर्घटनामा ट्रकचालक हेटौंडा–१४ मयुरधाप बस्ने ४० वर्षीय रबि थापामगर र ट्रकमासवार उनको छोरा १३ वर्षीय रिहान थापामगर घाइते भएका हुन् । उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।







