पालुङ अस्पतालको सार्वजनिक सुनुवाई

साझाकुरा
२०८१ पुष २, मंगलवार ११:४३

हेटौंडा-थाहा नगरपालिकामा रहेको पालुङ प्राथमिक स्वास्थ्यकेन्द्र (प्रस्तावित १५ शैया पालुङ अस्पताल) को आयोजनामा ३० मंसिरमा सार्वजनिक सुनुवाइ भएको छ । केन्द्रले एक समारोहबीच सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको हो ।थाहा नगरप्रमुख विष्णु बहादुर विष्टको प्रमुख आतिथ्यतामा भएको सार्वजनिक सुनुवाईमा सेवाप्रवाह र आयव्यय समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा आर्थिक वर्ष २०८०÷८१ मा ८६ लाख ८९ हजार ३ सय ५९ रुपैयाँ आम्दानी गरेको विवरण प्रस्तुत गरिएको थियो । स्वास्थ्यकेन्द्रले आर्थिक वर्ष २०८०÷८१ मा ल्याव, भिडियो एक्सरे, एक्सरे र मानसिक स्वास्थ्य गरेर २३ सय २७ बिमारीले सेवा लिएको जनाएको छ ।

स्वास्थ्यकेन्द्रमार्फत् संचालित एम्बुलेन्सबाट मासिक एक लाख र फार्मेसीबाट गत असारदेखि २०८१ मंसिरसम्म ७१ लाख ४८ हजार र अन्य सेवाबाट २९ लाख ६१ हजार आम्दानी गरेको विवरण सार्वजनिक सुनुवाइमा जानकारी गराइएको थियो । प्राथमिक स्वास्थ्यकेन्द्र व्यवस्थापन समिति अध्यक्ष नारायण लामाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रले गरेका नवीनतम प्रयास इमर्जेन्सी सेवा, एक्सरे सेवालाई २४ घण्टा बनाएको, भिडियो एक्सरे सुबिधा, ओपिडी कक्ष व्यवस्थित गरेको, फार्मेसी तथा प्रशुती व्यवस्थापन र स्तनपानकक्ष निर्माण २४ सै घण्टा ल्याव सेवालाई प्रभावकारी बनाएको, जिन्सी व्यवस्थापन तथा आर्थिक क्रियाकलापलाई अनलाइन प्रणालीमा राखिएको, दक्ष जनशक्ति व्यवस्थापन गरिएको विवरण सार्वजनिक गरिएको थियो ।

स्वास्थ्यकेन्द्रले आगामी दिनमा गर्नुपर्ने कार्यमा पोष्टमार्टम तथा शवबाहन सेवा संचालन गर्नुपर्ने, सिइओएनसी साइटको रुपमा अस्पताललाई लैजानुपर्ने, दन्तरोग विभाग तथा फिजियोथेरापी संचालन गर्नुपर्ने, अस्पतालमा विशेषज्ञ सेवा बिस्तार, २४ सै घण्टा बीमा सेवा र मानसिक स्वास्थ्यसम्बन्धी जानकारी मासिक रुपमा दिनुपर्ने सार्वजनिक सुनुवाइमा प्रस्तुत गरिएको थियो । केन्द्रमा आवश्यक जनशक्तिको कमी हुनु, बीमा रकम समयमै भुक्तानी नहुनु र आवश्यक बजेटको उचित विनियोजन नहुनु केन्द्रको चुनौती रहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*