न्यायलयको वर्तमान अवस्था र बारको भूमिकाबारे अन्तरक्रिया
हेटौंडा-६९ औं बार दिवसको अवसर पारेर उच्चअदालत बार एसोसिएसन हेटौंडा र जिल्ला अदालत बार एसोसिएसन हेटौंडाको संयुक्त आयोजनामा न्यायलयको वर्तमान अवस्था र बारको भूमिका विषयक अन्तरक्रिया भएको छ ।अधिवक्ता मुकुन्दप्रसाद अधिकारीले तयार पारेको कार्यपत्रमाथि कार्यक्रममा सहभागी अधिबक्ताले टिप्पणी गरेका थिए । कार्यक्रममा बरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गर्ने कृष्ण अर्याल, ईश्वरराज ढकाल, ध्रुव चौलागाईं, बाबुराम अर्याल र रामेश्वर कोईरालालाई सम्मान गरिएको थियो ।
यस्तै, जिल्ला अदालत बार एसोसिएसनको सदस्य रहेका अधिवक्ता बालकृष्ण अधिकारी नेपाल पत्रकार महासंघ मकवानपुरको अध्यक्ष पदमा निर्वाचित भएकोमा बधाई तथा शुभकामना प्रदान गरिएको थियो ।कार्यक्रममा नेपाल कानून ब्यवसायी परिषद्का पार्षदसदस्य केशव काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो । यसैबीच मकवानपुर जिल्ला अदालत बार एसोसिएसन र सिएमसी चुरेहील अस्पतालबीच उपचार सहुलियत सम्झौता भएको छ । मकवानपुर जिल्ला बारमा आबद्ध कानून व्यवसायीलाई औषधिमा ७ प्रतिशत र उपचारसेवामा २० प्रतिशत छुट गर्ने सम्झौता भएको छ । मकवानपुर जिल्ला अदालत बार एसोसिएसनतर्फबाट अध्यक्ष अप्सरा बस्नेत र अस्पतालका प्रबन्धनिर्देशक प्रताप देवकोटाले सम्झौतामा हस्ताक्षर गरेका थिए ।







