तिरतिरे धारामा साँझ दुर्घटना हुँदा एकजनाको मृत्यु
हेटौंडा, ८ पुस÷हेटौंडा उपमहानगरपालिका–१, स्थित तिरतिरे धारामा सोमबार साँझ ७ बजे भारतीय नम्बरको कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।भैंसेबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र ०३–००२ प ७२६७ नम्बरको स्कुटरलाई काठमाडौंतर्फ जाँदै गरेको भारतीय बिआर ०५ विए ००६ नम्बरको कारले ठक्कर दिएको थियो । कारको ठक्करबाट स्कुटरमा सवार हेटौंडा–१ चौकीटोल बस्ने युवराज लामा र बबिता लामा घाइते भएका थिए । हेटौंडा अस्पतालमा उपचारको क्रममा युवराज
लामालाई चिकित्सकले साँझ साढे ७ बजे मृतघोषणा गरेको प्रहरीले जनाएको छ ।स्कुटर युवराजले चलाएको मकवानपुर प्रहरीले जानकारी दिएका छ । स्कुटरमा पछाडि सवार बबिता लामा घाइते भएकी छन् । प्रहरीले कार चालक भारत बिहार मोतिहारीका २४ वर्षीय सुकर्णप्रताप सिंहलाई नियन्त्रणमा लिएको छ ।







