क्रिसमसका लागि राक्सिराङमा दुई दिन विदा

साझाकुरा
२०८१ पुष ९, मंगलवार ०९:५२

हेटौंडा-इसाई धर्मावलम्बीले मनाउने क्रिसमसको उपलक्ष्यमा राक्सिराङ गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ । पश्चिम मकवानपुरमा रहेको गाउँपालिकाले क्रिसमसको अवसरमा मंगलबार (भोलि) र बुधबार (पर्सी) विदा दिएको हो ।गाउँपालिका क्षेत्रमा इसाई धर्मावलम्बीको उल्लेख्य वासिन्दा भएको भन्दै गाउँपालिकाले दुई दिन बिदा दिएको हो । गाउँपालिकाभित्रका सम्पूर्ण सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था बन्द रहने अध्यक्ष राजकुमार मल्लले विज्ञप्ति मार्फत जानकारी दिएका छन् । राक्सिराङले यसअघि पनि क्रिसमसको अबसरमा तीन दिनसम्म बिदा दिने गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*