चित्लाङ–थानकोट सडक बिहान र बेलुका खुल्ने

साझाकुरा
२०८१ पुष १०, बुधबार ११:१५

हेटौंडा- मकवानपुरको उत्तरीक्षेत्र थाहा नगरपालिका र काठमाडौं जोड्ने छोटो दूरीको मार्ग चित्लाङ–थानकोट सडक खण्ड बिहान र बेलुकाको समयमा खुला गरिएको छ ।सडक डिभिजन कार्यालय काठमाडौंले यसअघि सडक एक महिनाका लागि पूर्णरुपमा बन्द गर्ने सूचना गरेको थियो । स्थानीय बासिन्दाको समस्याप्रति बेवास्ता गर्दै विकल्पबिना सडक बन्द गरिएको भन्दै चित्लाङस्थित मदन भण्डारी विश्वविद्यालयलगायत नागरिकस्तरबाट विरोध जनाएपछि बिहान र बेलुकाका लागि मात्रै खुल्ला गरिएको छ । थाहा नगरपालिका–९ का कार्यवाहक वडाध्यक्ष रामकृष्ण गोपालीले सडक पूर्णरुपमा बन्द गर्दा यात्रुलाई हुने असुविधालाई दृष्टिगत गरी सडक डिभिजन कार्यालयसँगको सहकार्यमा आंशिकरुपमा सवारी साधन सञ्चालन गर्ने व्यवस्था मिलाएको बताए ।

उनका अनुसार, चित्लाङ– थानकोट सडक स्तरोन्नतिका क्रममा बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म बन्द हुने र यस बाहेकको समय सवारीका साधन सञ्चालन गर्न पाउनेछ । वडा कार्यालयले चन्द्रागिरि नगरपालिका–४ को कार्यालय, प्रहरी चेकपोस्ट, चन्द्रागिरी र इलाका प्रहरी कार्यालय, चित्लाङलाई आवश्यक सहयोग तथा समन्वयका लागि पत्राचार गरेको छ ।

थाहा नगरपालिका–१० का अध्यक्ष दीपक गोपालीले सडक डिभिजन कार्यालय, काठमाडौं र वडाध्यक्षसहित गएको प्रतिनिधि मण्डलबीच बिहान ९ बजेअगावै र दिउँसोको ४ बजेपछि सवारी साधन प्रवेश गरिसक्नुपर्ने गरी सहमति भएको बताए । सडक डिभिजन कार्यालय काठमाडौंले सडकको पानीघाटदेखि चन्द्रागिरि भञ्ज्याङखण्ड पुस ७ गते आइतबारदेखि आगामी माघ ६ गतेसम्म पूर्णरुपमा आवागमन बन्द हुने भनेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*