हेटौंडाले बागमतीलाई दियो दम्कलसहितका सवारीसाधन

साझाकुरा
२०८१ पुष १०, बुधबार ११:१९

हेटौंडा-हेटौंडा उपमहानगरपालिकाले बागमती गाउँपालिकालाई दमकल, सुमो र पिकअपसहितका सवारी साधन हस्तान्तरण गरेको छ ।सवारी साधन हस्तान्तरण समारोहमा उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम र उपमहानगरका प्रवक्ता सविन न्यौपानेको उपस्थिति रहेको थियो । उपमहानगरपालिकाले बागमती गाउँपालिकाको विकास र सेवाप्रवाहलाई प्रभावकारी बनाउन सहयोगस्वरुप यी साधन उपलब्ध गराएको हो ।

हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गौतमले यो सहयोगले गाउँपालिकाको जनसेवा, विशेष गरी विपद् व्यवस्थापन र अन्य क्षेत्रमा सघाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।प्रवक्ता न्यौपानेले गाउँपालिका र उपमहानगरबीच सहकार्य र सहमतिको वातावरणलाई मजबुत बनाउँदै नागरिकलाई सहज सेवाप्रवाहमा यो पहलले योगदान पु¥याउने बताए । बागमती गाउँपालिकाले उपलब्ध गराइएका साधनलाई जनसेवामा उपयोगी बनाउने प्रतिबद्धता व्यक्त गर्दै हेटौंडा उपमहानगरलाई धन्यवाद ज्ञापन
गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*