आधामारलाई कृषि एम्बुलेन्स हस्तान्तरण

साझाकुरा
२०८१ पुष १०, बुधबार ११:२१

हेटौंडा- किसानले उत्पादन गरेका सामग्रीलाई सहज ढंगबाट बजारीकरणमा सहयोग पु¥याउने उद्देश्य अनुरुप हेटौंडा उपमहानगरपालिकाले चिस्यान सहितको कृषि एम्बुलेन्स हस्तान्तरण गरेको छ ।संघीय सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमार्फत् पालिकामा चिस्यान सहितको कृषि एम्बुलेन्स खरिदका लागि आएको १९ लाख रुपैयाँमा थप गरी खरीद गरेको कृषि उत्पादन बोक्ने सवारी हेटौंडा–१३ को आधामार कृषक समूहलाई हस्तान्तरण गरिएको हो । संघबाट आएको पैसामा उपमहानगरको कार्यपालिका बैठकले थप रकम लगानी गरी खुल्ला प्रतिष्पर्धामार्फत ३४ लाख ९० हजार रुपैयाँको लागतमा खरीद भएको कृषि एम्बुलेन्स मंगलबार आधामार कृषक समूहका अध्यक्ष फेन्चु लामालाई हस्तान्तरण गरिएको हो ।

गत आर्थिक बर्ष २०८०÷८१ मा खरीद गरिएको कृषि एम्बुलेन्स सञ्चालनका लागि उपमहानगरले सूचना जारी गरेपछि परेको २ वटा कृषक समूहमध्ये मूल्याङ्कनका आधारमा आधामारलाई योग्य मान्र्दै हस्तान्तरण गरिएको उपमहानगर कृषि शाखाप्रमुख प्रदीप रेग्मीले बताए । उनका अनुसार चिस्यान सहितको एम्बुलेन्स भएकाले फलफूल, तरकारी सहितको उत्पादनलाई स्वच्छ ढंगबाट बजारसम्म लैजानका लागि आधामार योग्य देखिएकाले सञ्चालनको जिम्मेवारी दिइएको हो ।

एम्बुलेन्स हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ, हेटौंडा–१७ का अध्यक्ष उद्धब सत्याल र उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमले एम्बेलेन्सको चाबी हस्तान्तरण र सम्झौतापत्र हस्तान्तरण गरेका थिए । हस्तान्तर गर्दै नगरप्रमुख लामाले न्युनतम मूल्य राखेर सञ्चालन हुने एम्बुलेन्सका कारण यस क्षेत्रमा रहेका कृषकको उत्पादनलाई सहज ढंगबाट बजारसम्म ल्याउन सहयोग पुग्ने बिश्वास व्यक्त गरिन् । यसअघि मंगलबार नै हेटांैडा उपमहानगरपालिकाले जिल्लाको पूर्वीभेगमा रहेको बागमती गाउँपालिकालाई आगलागीको बिपद्मा आवश्यक दमकल, सुमो, पिकअप सवारी हस्तान्तरण गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*