नेपाल जेसीजको उपाध्यक्षमा कार्की, महासचिवमा श्रेष्ठ
हेटौंडा-नेपाल जेसीज वर्ष २०२५ को राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका संगम कार्की विजयी भएका छन् । महासचिवमा हेटौंडाका विकेशलाल श्रेष्ठ मनोनित भएका छन् ।सुनसरीको इटहरीमा सम्पन्न नेपाल जेसीजको ५१ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत भएको निर्वाचन कार्यक्रममा कार्की ९५८ मतसहित विजयी भएका हुन् । कार्की पालुङ जेसीज वर्ष २०२३ का अध्यक्ष समेत हुन् । कार्कीसँगै सन्दिप खत्री, दीपक अधिकारी, धनराज कंडेल, सुजन थापा, बबिता पाण्डे, अभिशेक दुलाल, सुमित्रा भट्टराई, उज्वल काबरा, सुबाश गौतम, राघव कोइराला, मनिप्रसाद अर्याल उपाध्यक्षमा निर्वाचित भएका भएका छन् ।
जेसीआई हेटौंडा वर्ष २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठ नेपाल जेसीजको वर्ष २०२५ का लागि महासचिवमा मनोनित भए । सोमबार सुनसरी इटहरीमा सम्पन्न नेपालजेसीजको ५१ औं महाधिवेशनबाट अध्यक्ष निर्वाचित मनोहरा जेसीजकी रजनी थापाले श्रेष्ठलाई महासचिव पदमा मनोनित गरेकी हुन् । त्यस्तै, नेपाल जेसीजको कार्यकारिणी उपाध्यक्षमा जेसीआई देवचुलीका गणेश सापकोटा, जेसीआई थानकोटकी एलिना महर्जन, जेसीआई गीतानगरका कृष्ण सापकोटा र जेसीआई बाग्लुङकासौरभ श्रेष्ठ निर्वाचित भएका छन् ।







