कमाने महोत्सवको तयारी पूरा

साझाकुरा
२०८१ पुष ११, बिहीबार ११:४०

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–८, कमानेमा हुने कमाने महोत्सवको तयारी पुरा भएको छ । बिहीवारबाट कमाने महोत्सव सुरु भएर १३ गतेसम्म सञ्चालन हुनेछ ।महोत्सवको सचिवालय प्रमुख उमेश थापामगरले तयारी पूरा भएको बताए । वडाको चालु कार्यक्रमअन्तर्गत् ‘स्थानीय पर्यटन, स्थानीय सांस्कतिक प्रवद्र्धन, स्थानीय व्यापार प्रदर्शनी’ भन्ने मूल नाराका साथ बिहीबारबाट महोत्सव सुरु हुने वडाध्यक्ष रामकृष्ण थापाले बताए । उनले महोत्सवमा वडाभित्र रहेका स्थानीय कला संस्कृति पहिचान र व्यापार, व्यवसाय प्रदर्शनी रहने बताए ।

महोत्सवलाई थप आकर्षक बनाउन वडाभित्र रहेका २१ वटा बाल समूहहरुको विभिन्न सांस्कृतिक कार्यक्रमहरु हुनेछ । महोत्सवले वडाका उत्पादनलाई बजारीकरण गर्न, विभिन्न समूहहरुका सीपलाई उजागर गर्नुका साथै गर्नुका साथै वडाका होटल व्यवसायीलाई आर्थिक टेवा पुग्नेसमेत विश्वास रहेको अध्यक्ष थापाले बताए । महोत्सव १३ गते सम्म सञ्चालन हुनेछ ।वडाध्यक्ष थापाले सवारी साधन प्रयोगकर्तालाई बैकल्पिक मार्ग प्रयोग गर्न सुचना जारी गरेर जानकारी गराइएको बताए । त्यसप्रतिको असुविधाप्रति क्षमाप्रार्थी रहेको अध्यक्ष थापाले बताए । महोत्सव शान्तिपूर्ण ढंगबाट सञ्चालन हुनुका साथै सुरक्षाको लागि जिल्ला प्रहरी कार्यालय सँग आवश्यक समन्वय गरिसकेको उनले बताए । १३ गतेबाट हुप्रचौरमा पनि सडक खाना महोत्सव सुरु हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*