कार्यकारिणी उपाध्यक्षमा पराजुलीको उम्मेदवारी घोषणा

साझाकुरा
२०८१ पुष ११, बिहीबार ११:४२

हेटौंडा-हेटौंडा जेसीजको वर्ष २०२५को लागि कार्यकारिणी उपाध्यक्षमा सन्तोष पराजुलीले उम्मेदवारी घोषणा गरेका छन् । ५ वर्षे जेसीज यात्रापछि उनले कार्यकारिणी उपाध्यक्षमा आफ्नो उम्मेदवारी अघि सारेका हुन् ।उनले शनिबार हुने निर्वाचनमा आफ्नो उम्मेदवारी घोषणासँगै आफ्ना प्रतिवद्धताहरु समेत सार्वजनिक गरेका छन् । उनले विगतमा सिकेका अनुभवलाई साट्दै सदस्यहरुको व्यक्तिगत र व्यावसायिक विकासका लागि उच्चस्तरीय तालिम र अवसरहरु प्रदान गर्ने बताएका छन् । भविष्यमा पनि संगठनको दीगो विकासका लागि प्रभावकारी योजना निर्माण र नयाँ सदस्यहरूको संलग्नता सुनिश्चित गर्नेमा प्रतिवद्ध रहेको उनले बताए ।

पराजुली सन् २०१९ मा जेसिआईमा प्रवेश गरेका हुन् । २०२० मा एरिया बी संयोजकको रुपमा एरिया भित्रका गतिविधिहरुलाई प्रभावकारी बनाउँदै सदस्यहरुको सहभागिता र सक्रियतालाई प्रोत्साहित गर्ने काम गरेको उनको दाबी छ । सन् २०२१ मा सचिवको रुपमा संस्थाको प्रशासनिक पक्षलाई व्यवस्थित गर्दै संस्थाको कार्यप्रवाहलाई थप प्रभावकारी बनाउन योगदान गरेको उनले बताए । २०२२ मा महाधिवेशन संयोजक, २०२३ उपाध्यक्ष भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*