घरघरमा घटना दर्ताको प्रमाण पत्र पु¥याउँदै वडाध्यक्ष तितुङ

साझाकुरा
२०८१ पुष ११, बिहीबार १२:०६

हेटौंडा-मनहरी गाउँपालिकाको ७ नम्बर वडा कार्यालयले घटना दर्ताको प्रमाणपत्र सेवाग्राहीको घरघरमै पुगेर दिन थालेको छ । आफ्नो वडामा जन्मेका शिशुको जन्मदर्ता र मृत्यु भएका व्यक्तिको मृत्यु दर्ता प्रमाण पत्र घरघरै पु¥याउन वडा लागेको हो ।वडाध्यक्ष ठाकुरराम तितुङले जनतालाई घरघरै सेवा पुगेका प्रत्याभूति दिलाउनका लागि यसकिसिमको कार्य सुरुवात गरिएको बताए । मृत्यु दर्ता र घटनादर्ता बोकेर ११ वटा घरपरिवारमा आफूहरु पुगिसकेको वडाध्यक्ष तितुङले जानकारी दिए ।

‘मृत्यु भएका परिवारको हकमा गाउँपालिकाले अति बिपन्नको सूचिमा राखी किरिया खर्च पनि दिने गर्छ’, वडाध्यक्ष तितुङको भनाई छ– ‘त्यो खर्च लिनका लागि पनि मृत्युदर्ता अनिबार्य चाहिन्छ ।’मृत्यु भएका परिवारबाट सूचक खोजेर फारम भराउने र मृत्यु दर्ता प्रमाण तथा श्रद्धाञ्जली पत्र र फलफुल बोकेर शोकमा परेको घरमा जाने गरेको वडाध्यक्ष तितुङले बताए । कानून बमोजिम जन्म वा मृत्यु भएको ३५ दिनभित्र घटना दर्ता गरेमा कुनै शुल्क लाग्दैन । त्यसपछि बिलम्ब जरिबाना लाग्ने व्यवस्था छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*