पश्चिम क्षेत्रको भेटघाटमा अग्रवाल प्यानल

साझाकुरा
२०८१ पुष १३, शनिबार १३:५४

हेटौंडा- मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि अध्यक्षका उम्मेदवार अनिल अग्रवालको प्यानलले मनहरी, रजैया, सानान्टार, बस्तीपुरसहित पश्चिमीक्षेत्रमा मतदाता भेटघाट तथा उद्योगी व्यवसायीको समस्या बुझ्न पुगेको छ ।चुनावी अभियानअन्तर्गत शुक्रबार पश्चिमी क्षेत्रका उद्योगी व्यवसायीसँगको भेटघाटमा उनीहरुले उद्योगी व्यवसायीको समस्या समाधान गर्न प्रतिवद्ध रहेको बताएका हुन् । आफू कार्यसमिति सदस्य हुँदै वरिष्ठ उपाध्यक्ष पदसम्म आइपुग्दा व्यवसायीकै साथमा रहेको भन्दै अध्यक्षका उम्मेदवार अग्रवालले यो पटक अध्यक्ष पदमा रहेर सेवा गर्ने मौका दिनेमा विश्वास व्यक्त गरे ।

यस्तै, वाणिज्यतर्फका उपाध्यक्षका उम्मेदवार राजु अधिकारीले आफूले उद्योगी व्यवसायीको समस्या, चुनौती र अवसरलाई राम्रोसँग बुझेकोले यो पटक उपाध्यक्ष पदमै रहेर काम गर्न चाहेको बताए । कार्यक्रममा उद्योगतर्फका उपाध्यक्ष पदका उम्मेदवार रविन्द्र घिमिरे, वाणिज्यतर्फको सचिव पदका उम्मेदवार दिवस पराजुली, सहकोषाध्यक्षको उम्मेदवार राधिका सामरी पाण्डे तथा सदस्यका उम्मेदवार रविन ढकाल, यज्ञबहादुर राय विनोद, बालकृष्ण बजगाईं, विष्णुप्रसाद दाहाल लगायत पुगेका थिए ।

मनहरी क्षेत्रका व्यवसायीले आफ्ना समस्या राख्दै समाधानका लागि आग्रह गरेका थिए । अघिल्लो पटक पनि अग्रवाललाई मतदान गरेको स्मरण गर्दै यसपटक टिमलाई नै सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । मकवानपुर उद्योग वाणिज्य संघको साधारणसभा यही पुष २४ देखि २७ गतेसम्म हुँदैछ । हाल संघमा २ हजार ९७ जना मतदाता रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*