प्रेस युनियनको साधारणसभा, चारजना पत्रकार पुरस्कृत
हेटौंडा-नेपाल प्रेस युनियन मकवानपुरको वार्षिक साधारणसभा भएको छ । साधारण सभाको अबसरमा चारजना प्रेस युनियनकर्मीलाई सम्मानित एवम् पुरस्कृत गरिएको छ ।प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारीको सभाध्यक्षतामा भएको कार्यक्रममा युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालको प्रमुख आतिथ्यता, नेपाली कांग्रेसमकवानपुरका सभापति बुद्ध लामा ब्लोनको विशिष्ट आतिथ्यता, नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, प्रेस युनियनका उपाध्यक्ष नकुल अर्याल, महासचिव दिलिपपौडेल, केन्द्रीय सदस्यद्वय राजन दाहाल खुसराज, सबिना पौडेलको आतिथ्यतासँगै विभिन्न सञ्चारसंस्थाका प्रतिनिधिको उपस्तिथि
रहेको थियो ।
हेटौंडामा शनिवार आयोजित युनियनको वार्षिक साधारण सभा तथा वनभोज कार्यक्रममा संस्थापक अध्यक्ष राममणि दाहाललाई नगद १५ हजारसहित स्वर्गीय सीतादेवी स्मृति प्रेस युनियन पत्रकारिता पुरस्कार–२०८१ प्रदान गरिएको छ । त्यसैगरी जनही १० हजारसहित प्रेस युनियन पत्रकारिता पुरस्कार–२०८१ बाट प्रेस युनियनका बागमती प्रदेश सदस्य गंगाप्रसाद पौडेल, गणेश दर्पण अधिकारी र मानवी बानियाँलाई पुरस्कृत गरिएको छ ।
यसैगरी युनियनले नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको नवनिर्वाचित कार्यसमितिलाई बधाईज्ञापन गर्दै अध्यक्ष बालकृष्ण अधिकारीलाई प्रमाणपत्र प्रदान गरेको छ । पुरस्कार स्थापनाको लागि गैरआवासीय नेपाली संघ (एनआरएन) का अभियन्ता हाल वेलायत निवासी चिरञ्जीवी ढकाल र हाल अमेरिका निवासी मकवानपुरे पत्रकार सुदीप शिवाकोटीले सहयोग गरेको अध्यक्ष विडारीले बताए । साधारणसभामा संगठनका सचिव बलराम पुडासैनी र कोषाध्यक्ष प्रदीप अधिकारीद्वारा प्रस्तुत गरिएको प्रतिवेदन सर्वसम्मत पारित भएको छ ।







