कोठामा पलेँटी कसेर बसेकै अवस्थामा राक्सिराङका सरोजको मृत्यु

साझाकुरा
२०८१ पुष २६, शुक्रबार ११:२०

हेटौंडा- मकवानपुरको राक्सिराङ गाउँपालिका घर भएका २८ वर्षीय युवक हेटौंडा उपमहानगरपालिका–१०, बसर्पाकस्थित एक होटलको कोठामा बसिरहेको अवस्थामा मृत भेटिएका छन् ।मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–४ घर भएका सरोज शाह बिहीवार बिहान साढे १२ बजे चण्डिका होटलको २०१ नम्बर कोठामा मृतअवस्थामा फेलापरेका छन् । मकवानपुरका प्रहरी नायवउपरीक्षक श्यामु अर्यालयका अनुसार मृतह शाहको शव खाटमा पलेँटी कसेर बसेको अवस्थामै मुन्टो घोप्टो परेको स्थितिमा भेटिएको थियो ।

प्रहरीले शाह बस्ने कोठामा सानो प्लेटमा सिक्का पैसा, ड्रग्स जस्तो देखिने सेतोपदार्थ र ब्लेड फेला पारेको जनाएको छ । ‘मादकपदार्थ सेवन गरेको र कोठामा लागूपदार्थ जस्तो सेतो वस्तु भेटिएकोले ओभर डोजको अनुमान छ । तर, जाँच नभइसकेकाले यही नै कारण हो भन्न सकिँदैन’ डिएसपी अर्यालले भने ।नाकबाट रगत बगेको अवस्थामा भेटिएका शाह बुधवार साँझ हेटौंडा–४ कमलडाँडामा मादकपदार्थ सेवन गरेर साँझ साढे ६ बजे होटलमा आइपुगेको अर्यालले जानकारी दिए । मृतक शाहलाई नेपाली प्रहरीका एकजना कर्मचारीले नै होटलमा पु¥याउन आएका थिए । प्रहरीले उनलाई सोधपुछ गरेको छ ।

‘मृतक आफ्नो आफन्तसँग बसेर मादकपदार्थ सेवन गरिरहेको अवस्थामा हाम्रो कर्मचारीलाई होटलमा पु¥याउन लगाइएको रहेछ । उनीहरु मिल्ने साथी रहेछन् । सोधपुछको क्रममा साथी भएकाले होटलसम्म पु¥याएर फर्किएको बताएका छन् ।’ उनले भने ।शाह १५ पुसदेखि होटलमा निरन्तर बस्दै आएका थिए । दिउँस काम गर्न जान्छु भनेर निस्किने र साँझ होटलमा आएर बस्ने गरेको डिएसपी अर्यालले बताए । आज बिहान ढोका नखुलेको र मृतक शाह होटल बाहिर पनि ननिस्किएपछि होटल सञ्चालकले झ्यालबाट हेर्दा शंकास्पद लागेपछि प्रहरीलाई खबर गरेका थिए । शव पोस्टमार्टमको लागि हेटौंडा अस्पतालमा राखिएको र घटना बारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*