सिप्रदीको बिएसफोर तालिममा ४५ जना मेकानिक लाभान्वित
हेटौंडा-नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिको चितवन शाखाले मेकानिकलाई बिएसफोरसम्बन्धी तालिम दिएको छ ।चितवन शाखाले स्थानीय ४५ जनाभन्दा बढी आफ्ना मेकानिकको क्षमता अभिवृद्धिका निम्ति तालिम दिएको हो । सिप्रदी चितवन शाखाको पहिलो तालिम पर्सा खैरहनीमा बिहान ८ बजेदेखि १२ बजेसम्म भएको थियो । पहिलो तालिममा २५ जना स्थानीय मेकानिकले भाग लिएका थिए । दोस्रो तालिम भरतपुर न्युरोडमा १ बजेदेखि ४ बजेसम्म सञ्चालन भएको थियो ।
जसमा २३ जना स्थानीय मेकानिक सहभागी रहेको सिप्रदी ट्रेडिङ, चितवन शाखाका बिक्रीप्रबन्धक सुवास रायमाझीले बताए । उनले कार्यक्रममा बिएसफोर तालिमले स्थानीय मेकानिकलाई नयाँ प्रविधिसँग परिचित गराउने र सवारीसाधनको मर्मतमा दक्षताबृद्धिका लागि मद्दत पु¥याउने अपेक्षा लिएको बताए । तालिममा सहभागिता जनाएका मेकानिकलाई सिप्रदी ट्रेडिङ प्रालि काठमाडौंबाट आएका प्रशिक्षक पर्शुराम घिमिरेले तालिम दिएका थिए ।
कार्यक्रममा सिप्रदीका एरिया सेल्स म्यानेजर सन्दिप महताको उपस्थिति रहेको थियो । तालिममा सहभागिता जनाएका मेकानिकले सिप्रदीले दिएको बिएसफोर सम्बन्धी तालिमले भविष्यमा सवारीसाधानमा आउने समस्यालाई सरल ढंगले समाधान गर्न धेरै सहयोग पु¥याउने बताए ।







