ज्ञानदीप बहुउद्देश्यीय सहकारीको सभा

साझाकुरा
२०८१ पुष २८, आईतवार ०९:३४

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–४ स्थित ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्थाको २५ औं वार्षिक साधारणसभा शनिबार भएको छ । संस्थाका अध्यक्ष ऋषिराम पोखरेलको सभाध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका सदस्य बद्रीप्रसाद लम्सालको प्रमुख आतिथ्यतामा सभा भएको हो ।सभामा विभिन्न विधामा सदस्यलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा निवर्तमान उपाध्यक्ष गोविन्द चौलागाई, पूर्वउपाध्यक्षद्धय भुपेन्द्र खड्का, विश्वनाथ रेग्मी, पूर्वप्राचार्य खीलप्रसाद बराल (निमेष), सामाजिक अभियन्ता अर्पण पराजुली, साहित्यकार÷सञ्चारकर्मी नवराज शर्मा र मरणोपरान्त सम्मानबाट स्व. बलराम शर्माको परिवारलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा जिल्ला बहुउद्देश्यीय सहकारी संघका सदस्य भोगेन्द्र लुईटेल, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल, हातेमालो साकोसका अध्यक्ष हरिप्रसाद पौडेल, मामाघर नेपालका संरक्षक अर्पण पराजुली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमिला सापकोटा, सल्लाहकार विश्वनारायण श्रेष्ठ, कानूनी सल्लाहकार शिवप्रसाद बन्जारा, विद्यालयका प्राचार्य ईश्वर लामिछाने, लेखा समितिका संयोजक गौतम केसीलगायतको आतिथ्यता थियो ।५९२ जना शेयर सदस्य रहेको सहकारीमा ९४ लाख ४० हजार शेयरपुँजी रहेको छ । एक करोड ६५ लाख २६ हजार १४५ रुपैयाँ जगेडा कोषमा रहेको सहकारीमा ५६ लाख ७६ हजार २६५ रुपैयाँ बचतनिक्षेप रहेको प्रतिवेदनमा उल्लेख छ । विद्यालय सञ्चालन गर्दै आइरहेको सहकारी अब कम्पनी मार्फत विद्यालय सञ्चालन गर्ने तयारी गरेको जनाइएको छ ।

सभाबाट सहकारी छुट्टै र विद्यालयलाई कम्पनीमार्फत सञ्चालन गर्ने भनि प्रस्ताव प्रस्तुत गरिएको थियो । सभामा कम्पनी र सहकारीको समस्या, शिक्षक शिक्षिकाको र विद्यार्थीको समस्यालाई मिलाएर १३ कठ्ठा जमिन र विद्यालयका भवन अब कसको नाममा हुने कम्पनी कि सहकारी ? सबै स्पष्ट भएपछि मात्रै अघि बढ्न शेयर सदस्यले सुझाव प्रदान गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*