रुद्र पाख्रिनको २२ औं स्मृति दिवस, शालिकमा माल्यार्पण

साझाकुरा
२०८१ पुष २९, सोमबार १२:३०

हेटौंडा- तत्कालीन नेकपा माओवादी मकवानपुरका नेता रुद्रबहादुर पाख्रिन (रमेश)को २२ औं स्मृतिमा आईतबार मकवानपुरगढी–४ स्थित रुद्रबाटिकामा रहेको पाख्रिनको पूर्णकदको शालिकमा माल्यार्पणगरी श्रद्धाञ्जली ब्यक्त गरिएको छ ।२०५२ सालदेखि नेकपा माओवादीले सुरु गरेको जनयुद्धका कमाण्डर पाख्रिनको २०५९ पौष २८ मा तत्कालीन सरकारपक्षले मकवानपुरको छतिवन गाविसको गरगरेमा हत्या गरेको थियो । नेकपा (माओवादी केन्द्र) मकवानपुरगढी गाउँ कमिटीको आयोजनामा भएको स्मृतिदिवसमा नेकपा (माओवादी केन्द्र) की केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभा सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।

बि.सं.२०१९ साउन २७ मा जन्मेका पाख्रिन कुशल नेतृत्वकर्ता र असल राजनीतिज्ञ भएको उनका राजनीतिक सहकर्मी बताउँछन् । प्रमुखअतिथि मोक्तानले जनताको मुक्ति र समाजको विकासको लागि रुद्र पाख्रिनको योगदान महत्वपूर्ण भएको बताइन् ।नेकपा (माओवादी केन्द्र) मकवानपुरगढी गाउँ कमिटी अध्यक्ष राजकुमार खड्काको अध्यक्षतामा भएको श्रद्धाञ्जलीसभामा नेकपा(माओवादी केन्द्र)की केन्द्रीय सदस्य मानकुमारी नेपाली, बागमती प्रदेश समिति उपाध्यक्ष प्रेमबहादुर पुलामी, सदस्य ललित घलान, बिबेक राई, शुभरत्न गोले, सीता पुलामी,जिल्ला समन्वय समिति मकवानपुर संयोजक भीम पाख्रिन, सचिवबीरबहादुर घलान ‘ज्वाला’, अखिल क्रान्तिकारी मकवानपुर अध्यक्ष बुद्धराज अर्याल, अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ मकवानपुर अध्यक्ष जयराम रायमाझीलगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*