मउवासंघका निर्वाचित पदाधिकारीको सपथग्रहण

साझाकुरा
२०८१ माघ १, मंगलवार ०९:३७

हेटौंडा- मकवानपुर उद्योग वाणिज्य संघको नवनिर्वाचित अध्यक्ष प्रमोदसिं रानाभाटसहित कार्यसमितिले सोमबार पद तथा गोपनीयताको सपथ लिएको छ । निर्वाचन अधिकृत
वरिष्ठ अधिवक्ता ईश्वरराज ढकालले नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।समितिका अध्यक्ष रानाभाटसहित उपाध्यक्ष दीपक उप्रेती, उज्ज्वल चौलागाईं, राजु अधिकारी र काव्यमणि अधिकारी, महासचिव प्रतिमा श्रेष्ठ, कोषाध्यक्ष तेजराज अधिकारी, सहकोषाध्यक्ष निलम वैद्य, सचिवहरु रुपकराज दाहाल, माधव ज्ञवाली, कुलप्रसाद चौलागाईं, राजाराम कार्की र नेत्रप्रसाद खतिवडाले सपथ लिएका हुन् ।

संघको सदस्य जगदीश दाहाल, कृष्णगोपाल महर्जन, भुपेन्द्रप्रसाद अधिकारी, शम्भु पुडासैनी, सन्तोष घिमिरे, राजेन्द्र लामिछाने, सीतादेवी भेटवाल, निलम बजगाई, बालकृष्ण बजगाई, विष्णुप्रसाद दाहाल, शंकरप्रसाद कालाखेती, सुकृतराज पराजुली, विक्रमकुमार सञ्जेल, निलम पाण्डे, अंकिता सुमार्गी, नवराज खतिवडालगायतले सपथ लिएका छन् ।सपथग्रहण कार्यक्रममा संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले नवनिर्वाचित अध्यक्ष प्रमोदसिं रानाभाटलाई टिका माला लगाएर पद हस्तान्तरण गरेका थिए । कार्यक्रममा संघका पूर्वअध्यक्षहरु अरुणराज सुमार्गी, जीवनकाजी माकाजु, हिटलर बिषेट, केशवलाल श्रेष्ठ, उत्तम शर्माढकाल, माधव रिसाल, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य तथा संघका पूर्वअध्यक्ष कृष्ण कटुवाललगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*