१११ केजी गाँजासहित एकजना पक्राउ
हेटौंडा- मकवानपुर प्रहरीले हेटौंडाबाट १११ किलो अबैध लागूऔषध गाँजा सहित १ जना पक्राउ गरेको छ ।मंगलबार साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५ राटोमाटे चेकपोष्टबाट बाराको निजगढतर्फ जाँदै गरेको बा ७ च २५१० नम्बरको पिकअप भ्यानलाई चेकजांच गर्ने क्रममा १११ किलो अबैध लागूऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।गाँजासहित पिकअप चालक मकवानपुरको कैलाश गाउँपालिका–२ डाँडाखर्क बस्ने ३४ वर्षीय रावल स्याङवोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायवउपरीक्षक स्यामु अर्यालले बताए ।
पिकअप गाडी तरकारी बोक्न प्रयोग गर्दै आएको र गाडीको पछाडिको ढालाभित्र खाली क्रेटले छोपी लुकाई छिपाई गरी ल्याइएको अवस्थामा अबैध लागुऔषध गाँजासहित चालकलाई नियन्त्रणमा लिइएको जनाइएको छ । घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।







