आर्थिक र कुटनीतिले मुलुक सबैभन्दा अप्ठेरोमा छ : राजेन्द्र लिङ्देन

साझाकुरा
२०८१ माघ ६, आईतवार १३:४६

हेटौंडा-राप्रपा अध्यक्ष तथा पूर्वउर्जा मन्त्री राजेनद्र लिङ्देनले देश सबैभन्दा अप्ठेरो अवस्थामा रहेको बताएका छन् । सामान्य आँखाले हेर्दा देश ठीकै देखिए पनि आँखाले नदेखिने ढंगले आर्थिक, कुटनीतिकलगायत कारण मुलुक अप्ठेरोमा रहेको उनले बताए । शनिवार हेटौंडामा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रियता कमजोर मात्र नभएको र नेतृत्व गरिरहेका दलका कारण देश भूराजनीतिक चक्रब्यूमा परेको आरोप लगाए । युवा विदेशिने बढेकाले देश युवाविहीन अवस्थामा पुगेको उनले बताए ।

कांग्रेस–एमालेले भ्रष्टाचारको कारबाहीबाट जोगिन सरकार बनाएको घटनाक्रमले देखाएको लिङ्देनको आरोप छ । विगतका कुकर्मबाट दण्डित हुनबाट बच्न र भ्रष्टाचारलाई संस्थागत गर्न उनीहरु लागिपरेको लिङ्देनले आरोप लगाए ।२०४६ सालको आन्दोलन पछि ल्याइएको व्यवस्थाले सीमित व्यक्ति र सीमित पार्टी नै देशको ठूलो समस्या बनेको उनले बताए । यो व्यवस्था नढाली नहुने लिङ्देनले बताए ।

मुलुकको लागि कांग्रेस, एमालेको विकल्प राप्रपा रहेको अध्यक्ष लिङ्देनको भनाई छ । नयाँ, पुराना दल भने पनि यही व्यवस्था मान्ने र राजनीतिलाई पेशा बनाउने एकै रहेको लिङ्देनको टिप्पणी छ । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति कटाक्ष गरे । ‘नयाँहरु हामीले मात्रै खाएको हो, तिमिहरुले पनि खाएको छ नि भन्ने ठाउँमा पुगिसके’ उनले भने । राष्ट्रियता, सुशासनसहित सबै विषयमा राप्रपा ठीक ठाउँमा रहेको लिङ्देनको दाबी थियो । पार्टीको पहिलो प्राथमिकता संगठन हुनुपर्ने बताए ।

संगठन ठीक नभए मुद्दा स्थापित नहुनेदेखि चुनाव जित्न पनि नसकिने उनको भनाई छ । राप्रपासँग एकीकरण गर्न राप्रपाको जस्तै अर्काे पार्टी नभएको लिङ्देनले बताए । विचार मिल्नेहरु राप्रपामा समाहित हुन सकिने उनी बताउँछन् । आफू अध्यक्ष बनेपछि राप्रपालाई ठूलो दल बनाउन नसके पनि पार्टीलाई कमजोर हुन नदिएको अध्यक्ष लिङ्देनले दाबी गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*