सहिद दिवसको अवसरमा सरसफाई कार्यक्रम

साझाकुरा
२०८१ माघ १३, आईतवार ११:३०

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–११ स्थित सहिद स्मारक परिसरमा सरसफाई आयोजना गरिएको छ । सहिद स्मारक विकास समितिद्वारा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत तेस्रो दिन शनिबार बिहान विशेष सरसफाई कार्यक्रमको आयोजना गरेको समितिका सचिव रघुनाथ खुलालले जानकारी दिए ।सरसफाइ कार्यक्रममा एमाले बागमती प्रदेश कमिटी सदस्य गोपालबहादुर श्रेष्ठ, हेटौंडा सिमेन्ट उद्योगका अध्यक्ष नरेन्द्र भण्डारी लगायतको उपस्थिति रहेको थियो । समितिले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत माघ १३ गते बिहान साढे ७ बजे नेपाल रेडक्रस सोसाइटी हेटौंडा–११ शाखाको व्यवस्थापनमा रक्तदान कार्यक्रम, माघ १४ गते बिहान साढे ७ गते लखन वाटीका व्यवस्थापन समितिको व्यवस्थापनमा प्रथम सहिद लखन थापा वाटीका हेटौंडा–१२ मा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गर्ने सचिव खुलालले बताए ।

यस्तै, माघ १५ गते मदन भण्डारी फाउण्डेशनको व्यवस्थापनमा ‘लोकतन्त्र प्राप्तिका लागि राजनीतिक दलको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिताकोआयोजना,नगरस्तरीय बालक्लब सहभागी र शिक्षक दौड प्रतियोगिता, शिक्षक संगठनको व्यवस्थापनमा महिला शिक्षकको स्लो स्कुटर प्रतियोगिता र बागमती प्रदेश सरकारको समन्वयमा माघ १६ गते बिहान साढे ७ बजे प्रभातफेरी, सहिदप्रति सलामी (नेपाल प्रहरी, नेपाली सेना), पुष्पार्पण श्रद्धान्जलीसभा र सम्मान कार्यक्रमको आयोजना गरी सप्ताहव्यापी कार्यक्रमको समापन गरिने सचिव खुलालले बताए ।समितिले माघ १० गते राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ गरेको थियो भने माघ ११ गते शुक्रबार पत्रकार भेटघाट तथा बधाई कार्यक्रमको आयोजना गरेको थियो । समितिले हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*