इन्द्रसरोवर गाउँपालिकाद्वारा ज्येष्ठ नागरिक सम्मान

साझाकुरा
२०८१ माघ १३, आईतवार ११:३६

हेटौंडा- ईन्द्रसरोवर गाउँपालिकाले ज्येष्ठ नागरिकको सम्मान, निःशुल्क स्वास्थ्य परीक्षण र खाजा कार्यक्रम गरेको छ । कार्यक्रम ११ माघदेखि १५ गतेसम्म सञ्चालन हुने भएको छ । यसअन्तर्गत पहिलो ११ माघमा पालिकाको ४ नम्बर वडामा कार्यक्रम गरेको हो ।कार्यक्रममा ६८ वर्ष माथिका जेष्ठ नागरिक, ६० वर्ष माथिका एकल महिला, ६० वर्ष माथिका दलित जेष्ठ नागरिक, ‘क’ वर्गको अपा·ता परिचयपत्र प्राप्त व्यक्ति तथा सरकारी सेवाबाट निवृत्त भई नियमित पेन्सन लिने ६८ वर्ष माथिका जेष्ठ नागरिकलाई मायाको चिनो वितरण गरिएको छ ।

४ नम्बर वडाध्यक्ष चन्द्रकुमार बलको सभाध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष उमाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा कार्यपालिका सदस्यहरु, योजन अधिकृत दीपक चापागाई, वडासदस्यहरू तथा अन्य विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो । कार्यक्रमले ज्येष्ठ नागरिक प्रतिको सम्मान र सेवा अभिवृद्धिमा योगदान पु¥याउने विश्वास लिइएको छ । अन्य वडामा पनि क्रमशः कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*