शिक्षक संगठन मकवानपुरको अध्यक्षमा न्यौपाने

साझाकुरा
२०८१ माघ १३, आईतवार ११:३८

हेटौंडा-नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको अध्यक्षमा मुकुन्द न्यौपाने निर्विरोध चयन भएका छन् । संगठनको हेटौंडामा सम्पन्न १४ औं जिल्ला अधिवेशनले न्यौपानेको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति निर्माण गरेको हो । अधिवेशनले उपाध्यक्षमा रुपचन्द्र गोपाली र चन्द्रादेवी लामा चयन गरेको छ । सचिवमा गोपीरमण प्याकुरेल निर्वाचित भएका छन् । संगठनको कोषाध्यक्षमा भावना सापकोटा निर्विरोध भएका छन् ।

अधिवेशनले सह–सचिवमा सविता लामिछाने र सह–कोषाध्यक्षमा दीपेश लामा चयन भएका छन् । सदस्यमा सविता तिमल्सिना, भरत पोखरेल, सरोज फुँयाल, इश्वर आले, रत्नबहादुर स्याङ्तान, गीता पौडेल, लालुमाया रुम्बा, सावित्री अधिकारी, अमृता भट्ट, अनिलकुमार यादव, रामशरण दाहाल, गीताकुमारी न्यौपाने, हरिहर खनाललगायत चयन भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*