पत्रकारिता क्षेत्रको सुदृढीकरण आवश्यकः अध्यक्ष शर्मा

साझाकुरा
२०८१ माघ १३, आईतवार ११:४०

हेटौंडा-नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले पत्रकारिता क्षेत्रको सुदृढीकरण अहिलेको आवश्यकता रहेको बताएकी छन् ।शनिवार पत्रकार महासंघ मकवानपुरको सभाहलमा आयोजित नियमित कार्यसमिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष शर्माले पत्रकारिता क्षेत्रमा युवापुस्ताको आकर्षणसँगै चुनौती पनि थपिएको बताइन् । अध्यक्ष शर्माले सामाजिक सञ्जाल र न्यु मिडियाको आगमनसँगैै पत्रकारिताको प्रकाशन तथा प्रसारणका सामग्री कमजोर बनेको बताइन् ।

कन्टेन्ट परिमार्जन गरी आमपाठक तथा दर्शकको आवश्यकता अनुसारको व्यावसायिक पत्रकारिताको आवश्यकता रहेको उनको भनाई छ । नागरिकमा पत्रकारिता र सामाजिक सञ्जालको फरकपन बुझाउन जरुरी रहेको भन्दै उनले नागरिकमा सामाजिक सञ्जालमा लेखेका कुरा र समाचारमा आएका विषयलाई एउटैरुपमा लिँदा थप समस्या भएको बताइन् ।शर्माका अनुसार महासंघले पत्रकारको समस्या, हकहित, सेवासुविधा लगायत विषयमा बहस गर्नेगरी कार्ययोजना निर्माणको तयारी गरेको र सञ्चार प्रतिष्ठानलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्ने गरी छलफल अघि बढाइएको छ । मकवानपुर शाखा अध्यक्ष बालकृष्ण अधिकारीले केन्द्रीय अध्यक्ष शर्मालाई महासंघमा स्वागत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*