तामाङ साँस्कृतिक महोत्सवको तयारी तीव्र
हेटौंडा- हेटौंडामा यही माघ १७ गते तामाङ साँस्कृतिक महोत्सव २०८१ हुने भएको छ । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुरको आयोजना तथा तामाङ कलाकार संघ मकवानपुरको सह–आयोजनामा महोत्सव हुन लागेको हो ।सोमबार पत्रकार सम्मेलन मार्फत् आयोजकले कार्यक्रमबारे जानकारी गराएको हो । कार्यक्रम हेटौंडा उपमहानगरपालिका–१० स्थित टिसिएनचौरमा हुने जिल्ला घेदुङका अध्यक्ष कालु घलानले जानकारी दिए । ‘ह्याङलान काअीरन ह्याङलान काअी–जम्बुलिङरी छार्ना लाअी’ भन्ने उद्देश्यका साथ २८६१ डुल÷सा पुख्री ल्हो सोनाम ल्होछारको अवसर पारेर महोत्सवको आयोजना गर्न लागिएको अध्यक्ष घलानले बताए ।
महोत्सवमा मकवानपुरे तामाङ कलाकारले गायन तथा नृत्य प्रस्तुती रहनुका साथै लामा, बोम्बो, ताम्बा डम्फु सहितको ¥याली तथा झाँकी प्रदर्शन हुने घेदुङका सचिव किरणमान बलले बताए । महोत्सवमा तामाङ समुदायका मौलिक भेषभूषा तथा खानाका परिकार प्रदर्शन हुने र सोनाम ल्होछारको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम समेत गरिने उनले बताए ।
महोत्सवमा युद्ध लामा, अभि लामा, अनिता गोले, विक्रम लुङ्वा, अनराज तामाङ, सुजना रुम्बा, साम्तेन मोक्तान, केशर मोक्तान, आशाराम थिङ, बीरु घलान, बालिका तामाङ, अनिता मुक्तान, प्रतिमा घलान, सुरक्षा तामाङ, प्रेमा लोप्चनलगायतले साँस्कृतिक कार्यक्रममा प्रस्तुती दिनेछन् । निर्माणाधीन तामाङ संग्रहालय भवन निर्माण सहयोगार्थ महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति र तामाङ कलाकार
संघ मकवानपुरका पदाधिकारी उपस्थित थिए ।







