हेटौंडाको सबै स्वास्थ्य केन्द्रबाट एचपीभी खोप दिइने

साझाकुरा
२०८१ माघ १५, मंगलवार ११:३१

हेटौंडा- हेटौंडा उपमहानगरको सबै स्वास्थ्यकेन्द्रबाट महिलाका लागि पाठेघरविरुद्धको एचपीभी खोप दिइने भएको छ । सोमबार हेटौंडा उपमहानगरपालिकास्तरीय खोप समन्वय समितिले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उपमहानगर स्वास्थ्य शाखाप्रमुख सूर्यप्रसादतिवारीले यसबारेमा जानकारी गराएका हुन् ।हेटौंडामा यही माघ २२ गतेदेखि २८ गतेसम्म पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको शाखाप्रमुख तिवारीले बताए । उनले नगरभित्रका स्वास्थ्यकेन्द्र र विद्यालयमा हुने सेसन (केन्द्र) बाट खोप अभियान सञ्चालन गर्ने बताए । खोप उपमहानगरक्षेत्रमा

रहेका ८९ विद्यालयमा कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नगएका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई लगाइनेछ ।उनका अनुसार उपमहानगरमार्फत् सञ्चालित १ सय ११ स्वास्थ्यकेन्द्र र विद्यालयमा हुने १ सय १८ सेसनबाट कुल ९ हजार २३८ जनालाई खोप दिइने छ । अभियानलाई आगामी वर्षबाट विद्यालयस्तरमा ६ देखि १० कक्षासम्मका छात्रालाई नियमित खोप दिने शाखा प्रमुख तिवारी बताए । उपमहानगरको खोप समन्वय समिति प्रमुख तथा नगरप्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा भएको अभिमुखीकरणमा उपमहानगर प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम, विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न महाशाखा तथा शाखाका प्रमुखको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*