बागमती गाउँपालिकाको छैटौं अधिवेशन
हेटौंडा-बागमती गाउँपालिकाको दोस्रो गाउँसभा अन्तर्गत छैटौं अधिवेशन सम्पन्न भएको छ । मंगलबार गाउँपालिकाका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यतामा अधिवेशन भएको हो ।अधिवेशनमा गाउँपालिका अध्यक्ष घलानले बैठकको कार्यसूची प्रस्तुत गरेका थिए । उनले बागमती गाउँपालिकाको नगरप्रहरी सम्बन्धी विधेयक २०८१ सम्बन्धमा, गाउँपालिकाको विज्ञापन कर(व्यवस्थापन तथा नियमन) विधेयक, २०८१, गाउँपालिकाको वनसम्बन्धी विधेयक, २०८१, गाउँपालिकाको फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक, गाउँपालिकाको बजार व्यवस्थापनसम्बन्धी विधेयक, २०८१ सम्बन्धमा, गाउँपालिकाको खानेपानी, सरसफाई तथा स्वच्छतासम्बन्धी विधेयक, २०८१ र गाउँपालिकाको भू–उपयोग सम्बन्धी विधेयक, २०८१ सम्बन्धमा कार्यसूची प्रस्तुत गरेका थिए ।
सभामा गाउँपालिका उपाध्यक्ष फणिन्द्र तिमल्सिना, विधेयक समितिका संयोजक हस्तबहादुर थिङ, सामाजिक विकास समितिका संयोजक कमानसिंह पाख्रिन, आर्थिक विकास समितिका संयोजक उत्तरबहादुर भोलन, पूर्वाधार विकास समितिका संयोजक दन्तलाल माझी, वन वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक टेकबहादुर डिमडुङ, सार्वजनिक सेवा तथा क्षमता अभिवृद्धि समितिका संयोजक विजय भोलन र न्यायिक समिति सदस्य निरन्जन घिसिङले प्रस्तुत गरेका थिए ।अध्यक्ष घलानले चालु आर्थिक वर्ष २०८१÷८२ को हिउँदे गाउँसभामा प्रस्तुत गरेकोमा सर्वसम्मतले पारित भएको छ ।
नगरप्रहरीसम्बन्धी विधेयक, विज्ञापन कर (व्यवस्थापन तथा नियमन) सम्बन्धी विधेयक, वनसम्बन्धी विधेयक, फोहोरमैला व्यवस्थापन सम्बन्धी विधेयक, बजार व्यवस्थापन सम्बन्धी विधेयक, खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी विधेयक, भू–उपयोग सम्बन्धी विधेयक, जलाधार, वन्यजन्तु, खानी तथा खनिजपदार्थ संरक्षण तथा उपयोग सम्बन्धी विधेयक पारित भएको छ ।
यसैगरी, अस्थायी÷करार सेवा वा सेवा करारमा कार्यरत कर्मचारीलाई उपलब्ध गराइने सेवासुविधा र शर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, वातावरण तथा प्राकृतिक स्रोत संरक्षणसम्बन्धी विधेयक, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक, आधारभूत तथा माध्यमिक शिक्षा ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक, आर्थिक वर्ष २०८०÷८१ को संशोधित बार्षिक बजेट तथा कार्यक्रम, लेखापरीक्षण प्रतिवेदन, विषयगत समिति, विषयगत शाखाको कार्यप्रगति प्रतिवेदन तथा गाउँ कार्यपालिका एवम् कार्यालयका निर्णयहरु पारित भएको हो ।







