म्यान मकवानपुरको अध्यक्ष र उपाध्यक्षका लागि मतदान हुने

साझाकुरा
२०८१ माघ १८, शुक्रबार १५:०८

हेटौंडा- मोवाइल एशोसिएसन अफ नेपाल (म्यान) मकवानपुरको आसन्न निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष पदमा मात्रै मतदान हुने भएको छ ।विहीबार भएको उम्मेदवारी मनोनयन दर्तामा दुईदुई जना प्रतिस्पर्धी भएपछि अध्यक्ष र उपाध्यक्ष पदमा मात्रै मतदान हुने निर्वाचन आयुक्त दिनेश लामाले बताए । अध्यक्ष पदमा हरिप्रसाद न्यौपाने (सागर) र रोहिणीप्रसाद गौतम (गोपाल) ले उम्मेदवारी दर्ता गराएका छन् । न्यौपाने हाल वरिष्ठउपाध्यक्ष हुन् भने गौतम उपाध्यक्ष छन् । त्यस्तै उपाध्यक्ष पदमा भने अनिल दासबानियाँ र शिवप्रसाद बास्तोलाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

शनिबार हुने १३ औं वार्षिक साधारणसभा तथा ७ औँ अधिवेसनमा यी दुईपदका लागि मतदान हुने भएको हो । मनोनयन दर्तासँगै अन्य पदमा भने निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध हुनेमा वरिष्ठ उपाध्यक्षमा राजकुमार दाहाल, महासचिवमा मिलन स्याङ्तान, कोषाध्यक्षमा प्रवेश चापागाई, सहकोषाध्यक्षमा पुष्पराज गौतम, सचिवमा सुमन रायमाझी चयन भएका छन् ।

६ सदस्यका लागि ६ जनाको मात्रै उम्मेदवार परेको छ । जसमा एदिस रिजाल, जीवनाथ अधिकारी, पप्पुकुमार केसरी, सन्तोष दाहाल, अदाम हुसेन मंसुरी र निरोज रिमाल निर्विरोध निर्वाचित भएको आयुक्त लामाले बताए । म्यान मकवानपुरमा थाहानगरक्षेत्रका १३ जना, मनहरीक्षेत्रका १८ जना र हेटौंडाका एकसय ३ जना गरी एकसय ३४ जना सदस्य आवद्ध रहेको म्यान मकवानपुरका अध्यक्ष नवराज चौलागाईले बताए । मोवाइल व्यवसायी त धेरै छन् तर, एशोसिएसनमा आवद्ध सदस्यले मात्रै मतदान गर्न पाउनेछन्, अध्यक्ष चौलागाईले भने ।

यसमा तपाइको मत

Your email address will not be published.


*