अंगारेश्वरमा श्रीमद्भागवत सप्ताह गरिने

साझाकुरा
२०८१ माघ १८, शुक्रबार १५:१४

हेटौंडा- मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७, ठूलोगंगटेमा श्रीमद्भागवत सप्ताह हुँदैछ । अंगारेश्वर धार्मिक तथा पर्यटनस्थलमा यही माघ ३० गतेदेखि फागुन ७ गतेसम्म ‘श्रीमद् भागवत सप्ताहज्ञानमहायज्ञ’ हुने भएको हो ।महायज्ञ अंगारेश्वर धार्मिक तथा पर्यटनस्थल, अंगारेश्वर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, अंगारेश्वर टोल विकास संस्था र अंगारेश्वर दूग्ध उत्पादक सहकारी संस्था लि.को संयुक्त आयोजनामा हुन लागेको हो ।

नियमित सत्सङ, आध्यात्मिक प्रवचनको आरम्भ गरी सनातन धर्म, संस्कार संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले महायज्ञ गर्न लागेको मूल समारोह समितिका संयोजक कृष्णदेवभण्डारीले बताए । भण्डारी अंगारेश्वर धार्मिक तथा पर्यटनस्थलकै अध्यक्ष हुन् ।

महायज्ञ सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको छ । सहसंयोजक तथा प्रसादी व्यवस्थापनमा मीनप्रसाद दाहाल, अर्थ समितिमा धर्मराज अर्याल, प्रचार समितिमा चुडामणि रुपाखेती, पूजा समितिमा केशव भुजेल, अतिथि सत्कार तथा सम्मान समितिमा माया राना, सरसफाई समितिमा ॐप्रसाद अधिकारी र समान खरिद समितिमा शमशेर पुडासैनीलाई संयोजक तोकिएको छ ।

महायज्ञबाट संकलन भएको रकमबाट मन्दिर परिसरभित्र १० फिट अग्लो आधारस्तम्भमा १० फिट अग्लो महादेवको ध्यानावस्थाको मूर्ति स्थापना गर्ने, मन्दिर परिसरमा भएको सभाहललाई स्थरोन्नति गर्ने, मन्दिरको जग्गामा घेराबारा (पर्खाल) निर्माण गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*