ईहि यज्ञमा ७२ कन्या सहभागी

साझाकुरा
२०८१ माघ २१, सोमबार १५:४४

हेटौंडा- हेटौंडामा सामूहिक बेलविवाह सुरु भएको छ । हेटौंडा–१०, बसपार्कस्थित सामूहिक बेलविवाहका लागि गुठीले व्यवस्थापन गरेको सार्वजनिक स्टलमा आज आइतबार र भोलि सोमबार दुईदिन हुने बेलबिवाहमा ७२ कन्या सहभागी छन् ।ईहि यज्ञ (सुवर्ण कुमार बेल विवाह) गुठी हेटौंडाको आयोजनामा २०२९ सालदेखि सामूहिक बेलविवाहको कार्य हुँदै आएको छ । मौलिक परम्परा र संस्कारअनुसार ईहि यज्ञका लागि गुरु, गुरुआमा व्यवस्थापन गर्न सहयोग पुग्ने उद्देश्यले गुठीले सामूहिक बेलविवाहको प्रचलन सुरु गरेको हो । इहि यज्ञ सुवर्णकुमार वेल विवाह गुठी हेटौंडाको आयोजनामा ५३ औँ सुवर्णकुमार वेल विवाह भएको हो ।

हेटौंडा १० निवासी शंकरलाल श्रेष्ठको निवासमा गरिएको गुठीमा २० सदस्य छन् । कार्यक्रमको आलोपालो प्रणालीअनुरुप चलिरहेको बताइएको छ । २०४२ सालतिर पूर्वमा विराटनगर र पश्चिममा धनगढी, वीरजञ्जसम्मका नेवारी समूदायका कन्याको सयौं संख्यामा सहभागिता रहने गरेको थियो । कार्यक्रममा नेवार जातिकै ब्राह्मण, ब्राह्मणी, कर्माचार्य, जोशी, सेवाचार्य, प्रजापति र नापित गरी ७ जातीय पूजारीद्वारा पूजा गरिने प्रचलन रहेको श्रेष्ठले बताए । कार्यक्रममा गुठीका अध्यक्ष हरिषचन्द्र श्रेष्ठ, भुवनलाल श्रेष्ठ, शर्मिला श्रेष्ठ, सुवर्णलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*