चौतारीमा शशी

साझाकुरा
२०८१ माघ २१, सोमबार १५:४६

हेटौंडा- प्रेस चौतारी नेपाल मकवानपुरको नबौ अधिवेशनले सरिता दाहाल ‘शशी’ लाई अध्यक्ष चयन गरेको छ । लामो समयदेखि मकवानपुरको पत्रकारितामा क्रियाशील पत्रकारी शशीलाई अधिवेशनले अध्यक्ष पदमा सर्वसम्मत चयन गरिएको हो । पत्रकार दाहाल सहीखवर डटकमकी सम्पादक हुन् । अधिबेशनले उपाध्यक्षमा पुरुषतर्फ शिव ‘बियोगी’ चौलागाईँ र महिलातर्फ प्रतिक्षा न्यौपाने चयन गरेको छ । सचिवमा नविन तिमल्सिना, सह–सचिवमा सुमन दाहाल, समावेशी सह–सचिवमा मनिल महतो र कोषाध्यक्षमा अशोक बजागाईँ चयन भएका छन् । सदस्यहरुमा सानुमाया गुरुङ (निशा), सरोज पौडेल, संजीव सुनार, रामकुमार दानी, सुरेश गुरुङ र स्मिता अर्याल चयन भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*